अन्तरास्ट्रिय

बैदेशिक रोजगार अपडेट। फ्रि भिजा फ्रि टिकट!

युएई : नेपाल–यूएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा सम्पन्न भएको छ आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन

मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठककाे निर्णय कार्यान्वयन भएकाे थियाे ।यूएईमा रहेका नेपालीहरूलाई कामका आधारमा

विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिकभर्ना प्रक्रिया पूर्णत निशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन पनि यूएई सहमत मन्त्रालयले जनाए

काे छ ।बैठकमा वैदेशिक रोजगारीका क्रममा युएईमा कार्यरत नेपाली श्रमिकहरुको सामाजिक सुरक्षा, कार्य स्थल सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास,

पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल भएको थियो ।रोजगारीको प्रलोभनमा परी ‘भिजिट भिसा’मा आएर अलपत्र परेका नेपालीका समस्या समाधानबारे

बैठकमा छलफल भएको श्रममन्त्री कृष्णकुमार श्रेष्ठको सचिवालयले जनाएको छ ।साथै रोजगारीको प्रलोभनमा परी पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरूको

समस्या समाधानबारे पनि बैठकमा छलफल भएको थियो यूएई जाने नेपाली श्रमिक लक्षित सीपमुलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र

प्राविधिक क्षेत्रका श्रमिक लैजान देखिएका समस्या समाधान गर्ने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका विषयमा पनि छलफल भएको छ ।बैठकमा

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले गरेका थिए । नेपाली प्रति निधिमण्डलमा उपसचिव डा थानेश्वर भुसाल र श्रम सह

चारी निर्मला थापा सहभागी रहेका थिए ।युएईकातर्फबाट त्यहाँका मानव संशाधन मन्त्रालयका सचिव अब्दुल्लाह अलनायमी, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक

अब्दल्लाह अल्सामी, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ राशा सालेह सहभागी भएको बताइएको छ ।

Facebook Comments Box