ताजा समाचार

काठमाडौंको ताजा अपडेट।

काठमाडौं यो समचार बनाउदा सम्मको स्थिति यस्तो छ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १५ हजार ४०२ मतसहित फराकिलो अग्रता कायम

राखेका छन् ।उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले

अगाडि छन् ।आज बिहानको ताजा परिणाम अनुसार शाह ले १५ हजार ४०२ मत पाए छन् । उनलाई पछ्याइरहेका स्थापितले ८ हजार २८८ र सिंहले ७ हजार २९० मत पाए

का छन् ।उपमेयरमा भने नेकपा एमालेका सुनिता डंगोलले १२१५७ मत पाएका छन् । एकीकृत समाजवादीका रामे श्वर श्रेष्ठ ३६१४ र राप्रपाकी विनीता मगैयाले २६२८ मतका

साथ प्रतिस्पर्धामा छन् ।अहिलेसम्म ३९ हजार ५२० मत गणना सकिएको छ । अहिले वडा नम्बर ३, ४, ६, २९, ३०, ३१ र ३२ को गणना जारी छ । हामीले भर्खरै पाएको अपडेट यो हो फोटो हेर्नुस्। यो अपडेट ग्यालेक्सी बाट लिए का हौ।  अब थप समचार पढ्नुस अन्य ठाउको अपडेटहरु विवेक शिल कि समिक्षा के भन्छिन विवेकशील साझा पार्टीकी काठमाडौं महानगरपालिका मेयर उम्मेदवार समीक्षा बाँस्कोटाले आफूले स्थानीय तह निर्वाचनमा ‘यति थोरै

यति थोरै मत आउने अपेक्षा नगरेको’ बताएकी छिन्।झन्डै ३० हजार मत गणना हुँदा समीक्षाले अहिलेसम्म मेयर पदमा १२६ मत मात्र प्राप्त गरेकी छिन्। काठमाडौं महा नगर पालिकाको अहिलेसम्म वडा नम्बर १ र २ वडाको

गणना सकिएको छ भने वडा नम्बर ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ वडाको गणना जारी छ।गणना भइरहेका ठाउँमा यति थोरै मत आउने अपेक्षा गरेका थिएनौं। अझै आशा वादी हुनुपर्ने के छ भने अझै २० वटाभन्दा धेरै वडा गणना

गर्न बाँकी छ,’ समीक्षाले भनिन्, ‘यद्यपि यो ७ देखि ८ वटा गणना गर्दा जति मत आउनुपर्ने हो, त्यो आएन।’काठमाडौं मा ठूला दलहरू प्रतिको जुन वितृष्णा थियो, त्यसलाई काठमाडौंले यसपटक पोखेको छ। मतको आधारमा जाहेर

गरेको छ। मैले यसलाई सकारात्मक रूपमा हेरेकी छु,’ समीक्षा भन्छिन्, ‘विवेकशील साझाले जुन आशा गरेको थियो, त्यो अहिले गणना भएका वडाहरूमा मतमा परिणत भएन। तर परिदृश्य सकारात्मक छ।’स्वतन्त्र उम्मेदवारले

जसरी मत प्राप्त गर्नुभएको छ त्यसलाई मैले आशाको रूपमा हेरेकी छु,’ उनले भनिन्, ‘२०७४ को चुनावमा रञ्जु दर्शना र किशोर थापालाई मत बाँडियो।राम्रो दुई उम्मेदवार बीच मत बाँडिएका कारण केही नतिजा निकाल्न गाह्रो

भयो। अहिले बालेन्द्र शाहलाई जसरी मत आइराखेको छ, त्यो दुइटा राम्रो व्यक्तिलाई नगएर लहर पछ्याऊँ भन्ने आयो।’यो भोट आक्रोशको भोट हो। ठूला दलप्रतिको वितृष्णाको भोट हो,’ समीक्षाले भनिन्, ‘महानगरले परि

वर्तन चाहिराखेको छ।’तर त्यो वितृष्णाको मत विवकेशीले साझातर्फ नआउनुमा आफ्नो पार्टीको समस्या कारक रहे को बताइन्।उनले महानगरबासीले आफू र बालेनलाई मत नबाँडियोस् भन्ने चाहेको बताइन्।’रञ्जु र किशोरको बेला

मा पनि आक्रोश व्यक्त भएको थियो। त्यसले नतिजा निकाल्न सकेको थिएन।अहिलेको पटक त्यसैगरी मत विभाजित भयो भने गल्ती हुन्छ कि भनेर महानगरवासी सचेत भएको हो कि भन्ने पनि लाग्छ,’ उनले भनिन्,।।

‘मलाई नै कयौंजनाले फोनमा मेसेज पठाउनुभएको छ। तपाईं राम्रो उम्मेदवार हुँदाहुँदै पनि हामीले रञ्जु र किशोर को बेलाको जस्तो नहोस् भनेर यता दियौं भोट भनेर मेसेज आएको छ। मतदातामा २०७४ को विभाजित मतलाई एकै

ठाउँ लैजानुपर्छ भन्ने देखियो।’कयौं व्यक्ति जमानत जफत भए पनि राजनीतिमा रहेर राजनीतिमा धेरै अगाडि बढेको स्थिति छ,’ उनले भनिन्, ‘महानगरको अहिलेमसम्म पूरै वडाको गणना पनि भएको छैन। अहिले प्राप्त गरेको मत

मा म आत्तिनुपर्ने भन्दिनँ। तर हामीले सोचेको लक्ष्य यसले प्राप्त गर्दैन। मत परिणामले के परिदृश्य देखायो भने जुन लक्ष्य हामीले राखेका थियौं। त्यतातिर यसले लगेको छैन। जस्तो मत आएको छ त्यसलाई स्वीकार गर्नुको विकल्प

छैन।’समीक्षाले आफूले मत हाल्ने अघिल्लो दिनसम्म पूरा मेहनत गरेको बताइन्।हामीले मेहनत गर्ने भनेको भोट हाल्नु अघिल्लो दिनसम्म हो। त्यो दिनसम्म मेहनत गर्‍यौं,’ उनले भनिन् ‘उम्मेदवारका रूपमा जसरी स्वीकार गर्नुभयो

त्यसमा म उत्साही नै छु। यसले कति पनि निरुत्साह पैदा गरेको छैन। नतिजा जे आउँछ स्वीकार गर्न ठूलो आपत्ति हुने छैन।’

Facebook Comments Box