काठमाडौँ — नेपालको हवाई बाटो भएर साउदी र दमाम जान निषेधाज्ञाअघि काठमाडौं आइ अलपत्र परेका कम्ती मा २ हजार भारतीय नागरिकसँग चार्टर भाडा चर्को लिइए पछि भारतीय दूतावासले नेपाल सरकारलाई पत्र पठाउँदै गुहार मागेको छ ।
काठमाडौंस्थित भारतीय दूतावासले सोमबार नेपाल सर कारलाई लेखेको पत्रमा टिकट बिक्री गर्ने नेपाली ट्राभल एजेन्सीहरुको छाता संगठन नेपाल टुर एण्ड ट्राभल एजे न्ट्स (नाट्टा)का केही सदस्य ट्राभल एजेन्टले टिकटमा अत्यधिक कमिशन शुल्क लिइरहेकाले हस्तक्षेप गर्न अनुरोध गरेको छ ।
यी भारतीय नागरिकलाई साउदी अरबको दमाम र रियादसम्म चार्टर उडानबाट पुर्याउन नेपाल सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई केही दिनअघि अनुमति दिएको थियो ।
काठमाडौं हब भएका यी दुवै वायुसेवाका लागि टिकट बिक्री गर्ने एजेन्टले चर्को भाडा उठाएपछि भारतीय नागरिकहरुले दूतावासमा गुनासो गरेको उच्च स्रोतले उपलब्ध गराएको पत्रमा लेखिएको छ । पत्रमा उल्लेख भएअनुसार, नेपाल सरकारले वैशाख १६ देखि लागू गरे को निषेधाज्ञाका कारण साउदी अरेबियाका विभिन्न श्रम गन्तव्यमा जान काठमाडौं आइ फसेका आफ्ना नागरि कका लागि वैशाख २९ गते चार्टर उडान खुलाइदिन दूतावासले नेपाल सरकारसँग परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरेको थियो ।
‘दूतावासको अनुरोध प्राप्त भएको भोलिपल्ट वैशाख ३० गते नै नेपाल सरकारले दूतावासको अनुरोधलाई अुनमोदन गरिदिएको थियो ।‘नेपाल सरकारले नेपालमा रहेका नेपाल वायुसेवा र हिमालय एयरलायन्समार्फत भारतीय नागरिक हरुले नेपाल टुर एण्ड ट्राभल एजेन्ट नाट्टाका सदस्यमार्फत टिकट खरिद गर्न सक्ने बाटो खुला गरिदिएको’ दूतावा सको पत्रमा छ ।
‘यसैअनुसार मंगलबारदेखि भारतीय यात्रुहरुका लागि चार्टर उडान सुरु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, मंगलबार भारतीय नागरिकका लागि हिमालय एयरला यन्सले तीनवटा दमाम र नेपाल वायुसेवा निगम ले एउटा दमाम र अर्को रियादका लागि चार्टर उडान गर्दै छ ।
‘दूतावासले भारतीय यात्रुहरुबाट महँगो भाडाबारे गुना साहरु आइरहेको उल्लेख गर्दै ‘घरबाट टाढा आएर अलपत्र परेका आफ्ना नागरिकहरुलाई महामारीका बेला यसले थप व्यक्तिगत र वित्तीय कठिनाई’ निम्त्याएको पर्यटन सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सहस चिव यज्ञबहादुर हमाल र नागरिक उड्डयन प्राधिकरण का महानिर्देशक राजन पोखरेललाई लेखिएको पत्रमा उल्लेख छ ।
‘दूतावासले नेपाल सरकार र तालुक निकाय पर्यटन मन्त्रा लयलाई यस विषयमा तत्काल हस्तक्षेप गरेर तोकिए अनु सार लाग्ने हवाई भाडादर लागू गर्न अनुरोध गरेको छ । पर्यटन मन्त्रालयका दुई जना अधिकारीहरुले सचिव कोइरा लासमक्ष दूतावासको पत्र आइनपुगेको जानकारी दिए ।
‘टिकट बिक्री गर्ने नाट्टाका कार्यवहाक अध्यक्ष बिनय बस्नेतले दूतावासले नाट्टालाई पनि यस विषयमा जानकारी गराएको बताए । ‘दूतावासले हामीलाई फोन र इमेलबाट यस विषयमा जानकारी दिएको छ,’ बस्नेतले कान्तिपुरसँग भने, ‘यस विषयमा हामीले कारबाहीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका निकाय मा जानकारी गराएका छौं ।’ उनले पर्यटन मन्त्रालयले पार दर्शी तरिकाले उडानबारे गरेका निर्णय बेलैमा सार्वजनिक नगरेका कारण केही एजेन्टले बदमासी गरेको हुन सक्ने बताए ।
‘गत वर्ष पनि चार्टर उडानमा अत्यधिक भ्रष्टचार, काला बजारी लगायतका विकृति फैलिएकाले नियमित उडान सुचारु गर्न पर्यटन सचिव यादव कोइरालालाई ज्ञापन दिएको बताउँदै बस्नेतले बुधबार नाट्टाका पदाधिकारी र सचिवबीच भेट गर्ने कार्यक्रम तय भएको बताए ।
‘नाट्टाले कुनै पनि वायुसेवा कम्पनीलाई चार्टर उडान अनुमति नदिन, प्राथमकितामा रहेका गन्तव्यमा नेपाल वायुसेवा निगमको उडान सुचारु गर्न, जेठ ११ देखि स्वास्थ्य मापदण्डको पालना गर्दै अन्तर्राष्ट्रिय उडान नियमित सुचारु गर्न सकारलाई ज्ञापनमार्फत माग गरेको छ ।