सामाजिक

को’रो’ना संक्रमितलाई घर-घरै भेटेर मास्क-सेनिटाइजर र पो’षिलो खानेकुरा दिँदै जनप्रतिनिधि ढकाल”

सुर्खेतको  भेरीगंगा नगरपालिकाले सोमबारदेखि ‘को’रो’ना संक्रमितलाई  कोसेलीसहित  भेट्ने’  अभियान सुरू गरेको छ।नगरपालिकाभित्रका   संक्रतिहरूलाई   जनप्रतिनिधि र स्वास्थ्यकर्मी हरूको  टोलीले घरमै गएर भेट्न थालेको हो।भेटमा स्वास्थ्य  अवस्थाको  बारेमा  जानकारी  लिने,  होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने

विभिन्न  विधिहरूको बारेमा जानकारी गराउने, मास्क सेनि टाइजर लगायतका स्वास्थ्य सामग्री र पोषिलो खानेकुराको रुपमा अण्डा दिने  गरिएको छ।उपमेयर, सम्बन्धित वडाका अध्यक्ष,  रेडक्रसका  प्रतिनिधि, स्वास्थ्यकर्मीहरू पुगेर संक्र मितलाई भेट्ने र स्वास्थ्य अवस्थाको बारेमा बुझ्ने गरिएको भेरीगंगा नगरपालिकाका

उपमेयर रेणु ढकालले बताइन्।उनका अनुसार पहिलो दिन सोमबार  मात्र  ८४  घरमा पुगेर  संक्रमितसँग भेट गरिएको थियो।‘कोभिड-१९ ले निम्त्याउने  खतरा अवस्था त छँदैछ, तैपनि  सामान्य  लक्षण  हुँदा  पनि   संक्रमित भइसकेपछि मानिस आत्तिने गर्छन्,’ उपमेयर ढकालले भनिन्,

‘यस्तो बेलामा  हामी स्वयम् स्वास्थ्यर्मीसहित पोषिलो खाने कुरा र स्वास्थ्य सामग्री लिएर  पुग्यौं  भने उहाँहरूलाई थोरै भए पनि मानसिक तनाव  कम हुन सक्छ,  त्यसैले हामीले यो अभियान नै थालेका छौं।’नगरपालिकाका सबै वडाहरू मा यो  अभियान  चलाइएको  छ। संक्रमित भएको घरधुरी को विवरण नगरपालिकाको  स्वास्थ्य संस्थामा हुन्छ। त्यस अनुसार ती घरधुरीमा पुगेर संक्रमितहरूको मनोबल बढाउ ने कोसिस आफूहरूले गरेको उनले बताइन्।

जुम्लाको चन्दननाथ नगरपालिकाले पनि कोरोना संक्रमित को  घरमै  पुगेर  कोसेली  दिने  गरेको  छ। आइतबारदेखि नगरपालिकाले  संक्रमितको  घरमै पुगेर पोषिलो खानेकुरा सहित  कोसेली  दिन  थालेको  हो।चन्दननाथले पनि खाने कुरामा  अण्डा  दिदने  गरेको   छ।   खानेकुरासँगै  स्वास्थ्य सामग्री पनि  दिने  गरिएको छ। नगरस्तरीय विपद व्यवस्था पन समितिको  बैठकले  संक्रमितलाई पौष्टिक कोसेली उप लब्ध गराउने  निर्णय  गरेपछि  संक्रमितको घरदैलोमा पुग्ने गरिएको    नगरपालिकाका   मेयर  कान्तिका   सेजुवालले बताइन्।

संक्रमितलाई दुई किलोग्रााम चना, एक क्यारेट अण्डा, एक बट्टा  चेवनप्रास , १५  दिनका  लागि  पुग्ने  भिटामिन सी र भिटामिन  बी  उपलब्ध  गराउने  गरिएको  उनले  बताइन्। साथै, साबुन, सेनिटाइजर, मास्क लगायतका स्वास्थ्य साम ग्री पनि उपलब्ध  गराउने गरिएको छ।अस्पतालमा उपचार को क्रममा  रहेको  कोभिड संक्रमितहरुलाई समेत कोसेली दिने गरिएको मेयर सेजुवालले बताइन्।

‘हाम्रो नगरपालिकाभित्रका सबै वडाहरूमा रहेका संक्रमित हरूमध्ये  कोही   होम     आइसोलेसनमा    हुनुहुन्छ कोही अस्पतालमा  हुनुहुन्छ। उ हाँहरू  सबैलाई  हामीले कोसेली दिने गरेका छौं,’  उनले  भनिन्।जनस्वास्थ्य सेवा कार्यालय बाट  आएको  डाटाका  आधारमा  जनप्रतिनिधि र स्वास्थ्य कर्मीको  टोली  संक्रमित  नगरवासीहरुलाई भेट्न जाने गरे को उनले बताइन्।श्रोत:सेतोपाटि

Facebook Comments Box