हाईलाइट

फोन सम्पर्क गर्न अब अग्ला डाडा र रु’ख चढ्नै पर्दैन!

भौगोलिक  विकटताका कारण विगतदेखि नै फोन सेवाको समस्या भोग्दै  आएको मुड्केचुलामा करीब ४२ लाख खर्च मा  नमस्ते  सेवाका  मोवाइल   तीनवटा   टावर  एकैपटक सञ्चालनमा  आएको  गाउँपालिकाका  अध्यक्ष दत्तबहादुर शाहीले  जानकारी   दिनुभयो   । “टावर  निर्माणका  लागि आवाश्यक यन्त्र उपकरण नेपाल टेलिकमले उपलब्ध गराए को हो,

निर्माणस्थलसम्म  सामान ढुवानी गर्न तथा जडानका लागि लागेको सबै रकम  गाउँपालिकाले खर्च गरेको छ”, अध्यक्ष शाहीले भन्नुभयो  ।टावर निर्माणसँगै गाउँपालिकाका नौवटै वडामा  स’ञ्चार  सेवामा  जोडिनुका  साथै  जाजरकोट   र रु कु म  केही  क्षेत्रमा  पनि  फोनले  राम्रो  काम गर्ने गरेको अध्यक्ष शाहीले बताउनुभयो ।

गाउँपालिका  भि त्र पर्ने ओक्ट, प्यारी लेक, पाती हाल्नामा टावर खडा  गरिएको  छ ।गाउँपालिकाले टावर निर्माण गरे सँगै स्थानीयवासी  खुशी भएका  छन् । घर आँगनबाटै देश विदेशमा  कुरा  गर्न  पाउँदा  निकै  खुशी लागेको वडा नं १ बस्ने स्थानीय  ओमबहादुर रोकायले बताउनुभयो । पहिला फोन गर्न अग्लाडाँडा, ढुङ्गा र रुख चढ्नु पथ्र्यो, खबर आदा नप्रदान  गर्न  मान्छे  नै  कुदाउनु पर्ने अवस्था थियो, अहिले घरमै बसेर  टाढाटाढा  रहेका  आफन्तहरुसँग ढुक्कले कुरा कानी गर्न पाइएको छ”,

रोकायले  भन्नुभयो  ।यसअघि  भरपर्दो  फो न सेवा  नहुँदा पुरानै  युगमा  बाँचे जस्तो हुने  गरेतापनि अहिले गाउँघरका सबै  सर्वसाधारणले सुविधा  पाएको रोकायको भनाइ छ । कर्णाली  प्रदेश  सांसद वीरबहादुर शाहीको विशेष पहलमा तीन वर्षअघि  जगदुल्ला, मुड्केचुला गाउँपालिका र त्रिपुरा सुन्दरी  नगरपालिकामा  छ  वटा  मोवाइल  टावर  स्वीकृत भएका थिए ।

आजभन्दा  तीन  वर्षअघि काठमाण्डौ पुगेको स्थानीय जन प्रतिनिधिसहितको  टोलीले  एउ टा स्थानीय  तहमा दुईवटा टावर बनाउने  गरी  छ वटा टावर सुचना तथा सञ्चार प्रवि धि मन्त्रालयबाट  स्वीकृत  गराएको सांसद शाहीले बताउनु भयो । “त्यसमध्ये मुड्केचुलाले बनाइसकेको छ, जगदुल्ला मा गाउँपालिकामा सक्रियतामा टावर निर्माणको ७० प्रतिश त धेरैकाम  भइसकेको  छ , त्रिपुरासुन्दरीमा स्थानीय तहले चासो नदिँदा  दुईवटै  “टावर नेपालगञ्जमा अलपत्र परेको छ”,

सांसद  शाहीले  भन्नुभयो  ।आफ्नो  निर्वाच न क्षेत्रमा   पर्ने उपल्लो डोल्पामा  पर्ने शे–फोक्सुण्डो गाउँपालिकाअन्तर्गत पर्ने साल्दाङ्ग, शे–फोक्सुण्डोलगायतका क्षेत्रमा टावर स्वीकृ त  गराउनका  पनि  आफू ले सहयोग गरेको बताउनुभयो । टेलिफोन जस्तो  आधारभूत सेवा प्राप्त गरेपछि स्थानीयवा सी सूचना र सञ्चार प्रविधिमा  जोडिन  पाएको भन्दै खुशी भएका छन् । श्रोत:रिपोर्टस नेपाल

Facebook Comments Box