विबादित मन्त्री हुन् प्रेम आले । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई हातपात गरेका छन्।मन्त्री आलेले आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका हुन् ।
मन्त्री आलेले फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको सेतले जनाएको छ ।मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा आफ्ना मान्छे राख्न
खोजेको र अध्यक्ष युवराज अधिकारीले नमानेका कारण उनी जाइलागेको बुझिन्छ ।अध्यक्ष अधिकारीले केहीलाई जागिर लगाइसकेको र अन्यको प्रकृया अगाडी बढेका बेला मन्त्री आले जाइलागेका हुन् ।
मन्त्री निरन्तर ताकेतामा मात्र थिएनन्, तुरुन्त राखी दिन धम्क्याउँदै आएका बेला पछिल्लो समय जाइ नै लाग्न पुगेको स्रोत बताउँछ ।
अध्यक्ष युवराज अधिकारीले तलबाट दरबन्दी बनाउन, टिप्पणी आउन बाँकी रहेको कारण देखाउँदै आएका बेला प्रेम आलेको फेला परेका हुन् ।
मन्त्री आलेले यसअघि पनि एक युवकलाई जथाभावी बोल्दै धम्की दिएको अडियो भाइरल बनेको थियो ।
सो प्रकरणमा उनीमाथी छानबिन, कारवाही केही पनि अघि बढाइएन ।