सामाचार हाईलाइट

४ वर्षमा ६ कराेड रुपैयाँ कमाउने सुब्बा यिनै हुन कसरी कमाए त्यत्रो सम्पती हेर्नुस….

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीम कान्त भण्डारीविरुद्ध ६ करोड रुपै याँभन्दा धेरै बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डा रीमाथि ६ करोड २४ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित आज शुक्रवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

भण्डारी २०७३ साल असोज २१ देखि २०७७ साउन १ गतेसम्म मात्रै सरकारी सेवामा हुनु हुन्थ्याे । नासु सरहको वरिष्ठ व्यवस्थापन सहा यक पदमा काम गरेको जागिरको अवधिमा उहाँले २६ लाख ६१ हजार रुपैयाँ आर्जन गर्नुभएकाे थियाे ।

तर उहाँको खर्च र लगानीतर्फ (जग्गा खरिद, बैंक तथा हाइड्रो पावर कम्पनीको शेयर खरिद तथा बैंकमा जम्मा रकम) सहित ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ पाइएको अख्ति यारको आरोपपत्रमा उल्लेख छ ।

भण्डारीले यो अवधिमा पारिश्रमिक, श्रीमतीको तलबबाट बचत, सञ्चय कोषबाट लिएको ऋण र जागिर सुरु हुनुभन्दा अघिको बचतलाई समेत देखाएर आफूले कानुनसम्मत आर्जन गरेको दाबी गर्नुभएकाे थियाे ।

तर अख्तियारले त्यो दाबीलाई स्वीकार गरेन र ६ करोड २४ लाख ६५ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्ष निकालेको हाे ।

विशेष अदालतमा दायर मुद्दामा अख्तियारले ६ करोड २४ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरेको छ ।

भण्डारीकाे सम्पत्तितर्फ ६ करोड ६ लाख ४१ हजार आठ सय १३ रुपैयाँ र अपुग १७ लाख ६२ हजार रुपैयाँ उहाँको एकल स्वामित्वमा

रहेको कम्पनीबाट जफत गर्न माग गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments Box