ताजा समाचार

बालेनको जित हारमा खसि बाजी राख्ने युवा प‘क्राउ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन को मत गणना भैरहेको छ। सबैको ध्यान अहिले काठमाडौं को मेयर को हुन्छ भन्नेमा नै केन्द्रित भैरहेको छ।काठमाडौँमा

अहिले धेरै उमेदवार मेयरमा भिडिरहेका छन् ।तर स्वतन्त्र उमेद्वार बालेन शाह, एमालेबाट केशव स्थापित र कांग्रेस बाट सृजना सिंहको भने निकै रोचक भिडन्त भइरहेको

हामीले देख्न सक्छौं । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकाको मत परिणाम आउने क्रम जारी छ । हालसम्म वडा नम्बर १ र २ को मत

गणना सकिँदा दुुई वटै वडामा नेकपा एमालेका उम्मेदवार ले जित निकालेका छन् । तर, मेयर पदका हकमा भने काठमाडौं महानगरपालिकाको पछिल्लो अपडेट अनुसार

स्वतन्त्र उम्मेदवार बालेन साह अग्रस्थानमा छन् । यस्तै नेकपा एमाले र नेपाली काँग्रेस क्रमशः दोस्रो र तेस्रो स्थानमा देखिएका छन् ।पछिल्लो मत परिणाम अनुसार

स्वतन्त्र उम्मेदवार बालेन साह निकै अगाडि छन् । मत परिणामको यही ‘ट्रेन्ड’ रहेमा काठमाडौंको मेयरमा साहले जित्नसक्ने अनुमान गरिए पनि दाबी नै गरिहाल्ने अवस्था

छैन । ठूलो संख्यामा मत गणना बाँकी रहे पनि स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको भन्दै दिनहुँ भिड लाग्ने र साहको समर्थनमा नाराबाजी गर्ने क्रम

भने चलिरहेको छ । महानगरको मत गणनास्थल अर्थात् राष्ट्रिय सभागृह अगाडि हरेक पटक मत अपडेट हुँदा सम र्थकहरू नाराबाजीमा उत्रन्छन् । तर, नाराबाजीमा उत्रनेहरु

बालेनका भोटरभन्दा समर्थक बढी छन् । काठमाडौं महा नगरवासीभन्दा बालेनको क्रेज चिहाउन सभागृह आउनेको संख्या बढी देखिन्छ ।आइतबार बिहान खोटाङको दिक्तेल

रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयालले कागज नै गरेर बाजी राखेका हुन्।बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको

खसी विजयलाई दिने भएका थिए। बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागज गरेका थिए। उनीहरुले अन्य व्यक्तिको रोहवरमै कागज गरेको

सुमन बास्तोलाले बताए।तर अहिले उनीहरूलाई खोटाङ प्रहरीले गिरफ्तार गरेको छ । अब हेर्नुस् काठमाडौं मा बालेनको अग्रता यस्तो छ काठमाडौं । हामीले यो समचार

बनाउदा सम्मको ताजा अवस्था काठमाडौं महानगर पालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ९

हजार १८६ मत प्राप्त गरेका छन् ।उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४ हजार ९४८ मत मात्रै प्राप्त गरेका छन्। अनि बालेनको स्थापित संग ४ हजार २३८

मतान्तर हो ।यसअघि को सार्वजनिक विवरणमा बालेन भन्दा ४,१५६ मतले पछि परेका थिए । त्यसअघि बालेन स्थापित भन्दा ४१०१ मतले पछि थिए । यो अवस्था हेर्दा

बालेनले मत परिणाम सार्व जनिक गरेपिच्चे मतान्तर बढाइ रहेका छन् त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ४ हजार ३२० मत प्राप्त गरेकी छन्। उता उपमेयरमा भने

एमालेकी सुनिता डंगोलले अग्रतालाई निरन्तरता दिइरहेकी छन् । आफ्ना प्रति द्वन्द्वीलाई उनले ५ हजार भन्दा बढीले पछि पारेकी छन् । उनले हालसम्म ७ हजार ८३० मत प्राप्त गरेकी छन्

Facebook Comments Box