एक्सक्लुसिभ भिडियो ताजा समाचार

काठमाडौँको ताजा अपडेट! (भिडियो सहित)

काठमाडौं । हामीले यो समचार बनाउदा सम्मको ताजा अवस्था काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत

परिणाम अनुसार उनले ९ हजार १८६ मत प्राप्त गरेका छन् ।उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ४ हजार ९४८ मत मात्रै प्राप्त गरेका छन्। अनि बालेनको

स्थापित संग ४ हजार २३८ मतान्तर हो ।यसअघि को सार्वजनिक विवरणमा बालेन भन्दा ४,१५६ मतले पछि परेका थिए । त्यसअघि बालेन स्थापित भन्दा ४१०१ मतले

पछि थिए । यो अवस्था हेर्दा बालेनले मत परिणाम सार्व जनिक गरेपिच्चे मतान्तर बढाइरहेका छन् त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ४ हजार ३२० मत प्राप्त गरेकी

छन्। उता उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रतालाई निरन्तरता दिइरहेकी छन् । आफ्ना प्रति द्वन्द्वीलाई उनले ५ हजार भन्दा बढीले पछि पारेकी छन् ।

उनले हालसम्म ७ हजार ८३० मत प्राप्त गरेकी छन्। १ घण्टा अगाडीको नतिजा यस्तो थियो। काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले पुन:

मतान्तर बढाएका छन् ।हालसम्म महानगरपालिकामा २३,२८६ मतगणना भइसकेको छ । जसमा शाहले ८,९५८ मत पाएका छन् ।त्यस्तै एमालेका मेयर उम्मेदवार केशव

स्थापितले ४८०२ पाएका छन् ।बालेनलाई पछ्याइरहेका स्थापित ४१५६ मतले पछाडि छन् यसअघिको सार्वजनिक मत परिणाममा स्थापित बालेनभन्दा ४,१०१ मतले पछि

परेका थिए । यो अवस्था हेर्दा बालेन स्थापित भन्दा झन गन्यो झन पछिको स्थितिमा परका छन् ।कांग्रेसकी सिर्जना सिंहले ४,१९३ मत पाएकी छन् । उनी पनि बालेनसँगको निरन्तर मततान्तरमा पछि परेको अवस्थामा छिन्

Facebook Comments Box