एक्सक्लुसिभ भिडियो ताजा समाचार

इटहरामा मदन भण्डारीको घरः जहाँ यस्तो छ मदन लुक्ने ठाउँ (भिडियो सहित)

मोरङको रतुमाई नगरपालिका वडा नम्बर–१०, ईटहराको सातमेडीमा रहेको स्वर्गीय मदन भण्डारीको घर पुग्ने जो कोहि आश्चर्य च’कित पर्ने गरेका छन् । त्यो बेला देखीको काठको मनोमोहक घर मात्र हैन,घर भित्र छिर्दा बिभिन्न कम्ता रमाईलो हुँदैन् ।

‘इटहराको भौडाहा चोकबाट झण्डै २ किलो मिटर पूर्व गएपछि पुगिने स्वर्गीय मदन भण्डारी को यो घरका आस पासमा आँपका ठूला बोटहरु छन् । वरिपरी रहेका नरि वल, सुपारीका बोटहरु सँगै फूलबारीले सौन्दर्य प्रदान गरेको छ । काठै काठले बनाएको घर २ तलाको छ ।

‘यो घरको तल्लो तलामा इलामबाट ल्याएर भण्डारी परिवारलाई राखिएको छ भने माथिको तला खाली छ । माथिल्लो तलामा त्यो बेला मदन भण्डारी बस्ने र राज नीतिक गतीविधि गर्ने भएकोले माथिल्लो तलालाई खाली नै राखिएको छ ।

‘त्यहा मदन भण्डारी लुक्ने थलो पनि छ ।मदन भण्डारी २०२८ सालदेखि २०४७ सालसम्म यही ठाउँमा बसेर राज नीति गर्ने, भेला, देश दौडाहा र संगठनको विस्तार गर्ने गर्नुहुन्थ्यो । तर २०४७ सालपछि मदन यता फर्किनुभए    न ।

‘२०५० सालसम्म यही ठाउँमा मदन भण्डारीका बुबा आमा सहित परिवारका अन्य सदस्य बसे पनि मदन भण्डारीको निधनसँगै परिवारले यो ठाउँ छाड्यो । त्यसपछि यहाँको चहलपहल नै हराउँदै गयो ।

‘मदन भण्डारीले २०२४ सालमा क्षत विक्षत अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै मेची काली सम्म र्पुयाउने काम यही इटहराको सातमेडीबाट गरेको उहाँलाई नजिकैबाट नियालेकाहरु बताउँछन् ।

‘राष्ट्रपतिको रुपमा रहनुभएकी मदन भण्डारीकी धर्मपत्नी विद्या भण्डारीले समेत संरक्षणमा खासै चासो नदिएको स्थानीयको गुनासो छ ।

Facebook Comments Box