जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन कन्सन्ट्रेटर खरिदमा अनियमितताको आ’शं’का गरिएको छ अक्सिजन प्लान्ट खरिद गर्न ४० लाख बजेट बिनियोजन भए पनि जिल्ला जनस्वास्थ्यका केही कर्मचारीको मिलेम तोमा झुक्याएर कन्सन्ट्रेटर खरिद गरिएको तथ्य फेला परेको छ
सल्यानका मनोज प्रधानले एउटा बक्समा ४ वटा कन्सन्ट्रे टर राखेर त्यसैलाई अक्सिजन प्लान्ट भनि झुक्याउने खेल भएको दाबी गरे। ‘यो त अक्सिजन प्लान्ट हुँदै होइन अलि ठूलो आकारको कन्सन्ट्रेटर मात्रै हो, उनले भने ब्यापारी समेत रहेका प्रधान नेकपा एमाले कर्णाली प्रदेश कमिटि सदस्य पनि हुन्।
प्रधानले नै जिल्ला अस्पतालमा जडान भएको उक्त उपकर ण अक्सिजन प्लान्ट नभइ कन्सन्ट्रेटर मात्रै रहेको तथ्य पत्ता लगाई सार्वजनिक गरेका हुन्।शनिबार प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवी हुमागाँई र शारदा नगरपालिकाका मेयर सुरेश अधिकारी ले संयुक्त रु पमा यसको उद्घाटन गरेका थिए।
नेकपा एमालेका नेता तथा कर्णाली प्रदेशका पूर्व मन्त्री प्रकाश ज्वालाले पनि आफ्नो फेसबुक वा लमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान भइ उद्घाटन भएको सार्वजनिक गरेका छन्। ज्वालाले कर्णाली प्रदेश सरकारले बिनियोजन गरेको ५८ लाख मध्ये करीब ५१ लाखमा उक्त अक्सिजन प्लान्ट स्थापना भएको बताएका छन्।
ज्वालाले जिल्ला अस्पताल प्रशासनलाई उल्लेख गर्दै ५१ लाखमा उक्त मेसिन खरिद गरेको बताएका छन्। सल्यान का पूर्व जिल्ला विकास समिति सभापतिसमेत रहेका प्रधानका अनुसार उनी केही समय पहिले मात्रै काठमाडौं बाट सामान लगेर गृह जिल्ला सल्यान पुगेका हुन्।प्रधानले त्यही सामान स्वास्थ्य बिभागबाट बुझेर ल्याएका थिए।
आफ्नो जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको खबर ले निकै खुसी रहेका प्रधान जिल्ला अस्पतालमा स्थापना गरेको अक्सिजन प्लान्ट हेर्न गए । तर, जब उनले त्यो आ फैं हेर अनि छक्क परे। सल्यान जिल्ला अस्पतालमा स्थापना भएको उपकरण अक्सिजन प्लान्ट नभइ अक्सि जन कन्सन्ट्रेटर मात्रै रहेको तथ्य उनले फेला पारे। त्यहाँ ठूलो आर्थिक अनियमितता भएको त्यो कुरा उनले सार्वज निकसमेत गरे।
त्यही सूचनाका आधारमा नेकपा एमालेकै भातृ संगठन अनेराश्ववियुका जिल्ला अ ध्यक्ष रामबहादुर केसीले प्रमुख जिल्ला अधिकारीसमक्ष आइतबार लिखित उ जुरी दिए।
प्रधानका अनुसार जिल्ला अस्पतालमा स्थापना गरिएको उक्त कन्सन्ट्रेटरको बजार मुल्य बढीमा ४ लाखसम्म पर्न सक्ने दाबी गरे।
‘अलिबाबा नामक कम्पनीले यो उपकरण बढीमा साढे दुई लाख जतिमा उपलब्ध गराउँदै आएको छ,’ प्रधानले भने, ‘जिल्ला अस्पतालमा जडान गरिएको उपकरणमा चार वटा कन्सन्ट्रेटर छन्, एउटा लाई एकलाखका दरले लगाए पनि त्यो चार लाख भन्दा बढी मूल्य कुनै हालतमा पर्दैन।अनला ईनमार्फत पनि सपिङ गर्न सकिने उपकरण भएको हुँदा त्यसको मुल्य अनलाईनमै पनि हेर्न पाइने उनले बताए।
यहाँ ठूलो भ्रष्टचार र बदमासी भएको छ,’ प्रधानले भने, ‘मेरो कुरा विश्वास नलागे जो कोहीले अनलाईनमा त्यसको मुल्य आफैं हेरे हुन्छ।’जिल्ला अस्पतालमा जडान गरिएको कन्सन्ट्रेटरले प्रति मिनेट ४० लिटर मात्रै अक्सिजन उत्पाद न गर्ने दाबी प्रधानको छ। ‘यो अक्सिजन प्लान्ट हुँदै होइ न,प्रधानले सेतोपाटीसँग भने, ‘यसमा चार वटा कन्सन्ट्रेट रला ई एउटा बक्स भित्र राखिर अक्सिजन प्लान्ट भनि झुक्याउने खेल भएको रहेछ।’
गत पुस महिनामै कोरोना महामारी नफैलिदै कर्णाली प्रदेश सरकारले प्रदेशका प्राय सबै जिल्लामा अक्सिजन प्लान्ट खरिदका लागि भनेर ५०/६० लाख बजेट बिनियोजन गरे को भए पनि अन्य जिल्लामा समेत यस्तै बदमासी भएको भन्दै उनले ठूलो आर्थिक अनियमितता भएको दाबी गरे ।
‘यसमा कर्णाली प्रदेशको समाजिक विकाश मन्त्रालय, प्रदेशको स्वास्थ्य विभाग र सल्यान अ स्पतालका केही कर्मचारीको मिलेमतो भएको स्पष्ट छ,’ उनले भने।बायो ईन्जिनियर ले यसको छिनोफानो गर्ने छन् । जिल्ला जन श्वास्थ्य कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले अस्पता लमा जडान गरिएको उपकरणलाई ठेकेदार कम्पनीले अक्सिजन प्लान्ट नै हो भनेर दाबी गर्ने गरेको बताए । तर उनले उक्त उपकरणको बाहिर भने कन्सन्ट्रेटर नै लेखेको स्पष्ट देखिएको जानकारी दिए ।
ठेकेदार कम्पनीका अनुसार यो अक्सिजन प्लान्ट नै रहेको भन्ने दाबी र हँदै आएको छ,’ उनले भने, ‘उपकरणको बाहि र कन्सन्ट्रेटर लेखेको हुँदा सबै मानिसहरु झुक्किएको हुनुपर्छ।’त्यो उपकरण अक्सिजन प्लान्ट हो कि कन्सन्ट्रेटर हो? भन्ने छिनोफानो अब बायोटेक्निकल ईन्जिनियरले मात्रै गर्नसक्ने उनले बताए। बायो मेडिकल ईन्जिनियरले पास नगर्दासम्म उपकरण बारे केही भन्न नमिल्ने श्रेष्ठले जानकारी दिए।
‘हाम्रो बायोमेडिकल ईञ्जिनियर हाल कोभिडको कारणले आइसोलेसनमा हुनुहुन्छ र उहाँ आएपछि मात्रै यो के हो? भन्ने छिनोफानो होला,’ उनले भने।यसैबीच प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवी हुँमागाईँले स्वास्थ्य कार्यालयका आधा दर्जन कर्मचारीलाई बोलाएर यसबारेमा छलफल गरेकी छन्। प्रजिअ हुमागाईँले घ’टना छानविन गर्न भन्दै एउटा समिति पनि गठन गरेको जानकारी दिएकी छन्।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि सहाय क प्रमुख जिल्ला अधिकारी थमन खड्काको संयोजकत्व मा कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारी, शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र एक जना बायोमेडिकल ईन्जिनियर सदस्य रहेको छानविन समिति गठन गरिएको उनले जानकारी दिइन्।त्यस्तै सल्यानबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका नेता तथा कर्णाली प्रदेशका यसअघिका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालालाई फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।श्रोत:सेतोपाटि