ताजा समाचार

काठमाडौ खतरनाक बिदेशी युवतिहरु पक्राउ…

२ असार, काठमाडौं । विश्वकै महँगो लागूऔषध मध्येको मानिने लागूऔषध खैरो हेरोइन काठ माडौंबाट ठूलो परिमाणमा बरामद भएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमा डौंले चलाएको ‘अपरेशन ह्वाइट डस्क’मार्फत ५१ किलो हेरोइनसहित ६ जना विदेशी नागरि कलाई पक्राउ गरेको हो ।

उनीहरुबाट बरामद खैरो हिरोइनको अवैध बजार मूल्य एक अर्ब २ करोड रहेको ब्यूरोका एसपी जीवन श्रेष्ठले अनलाइनखबर लाई बताए ।उनका अनुसार दक्षिण अफ्रिकाबाट आएका

केही महिलाले पटकपटक लागूऔषध हेरोइनसहित पक्राउ गरेको विगतको अुनभवका कारण क्रिमिनल प्रोफाइलिङ गरेर निरन्तर निगरानी गर्दा उनीहरु पक्राउ गरेका हुन् ।

पक्राउ परेकाहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box