एक्सक्लुसिभ भिडियो ताजा समाचार

बालेन लाई मु‘ख्यमन्त्रीलेे यस्तो भने ( भि‘डियो)

काठमाण्डौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हत्तनपत्त फेसबुकमा लेखेर हाई हाई हुने आदलत बदल्न काठमाण्डौंका मेयर बालेन्द्र शाहलाई सुझाब दिनु

भएको छ ।बाग्मती प्रदेशका जनप्रतिनिधिहरुलाई आयो जना गरिएको अभिमुखिकरण कार्यक्रमलाई समापन गदै मुख्यमन्त्री पाण्डेले आलोचना र राम्रा सुझाबहरुलाई पनि

सहजताको साथ ग्रहण गर्न सिक्न पनि पनि आग्रह गर्नु भयो ।बाग्मती प्रदेशको आयोजनामा बाग्मती प्रदेशका स्थानीय निकायका प्रमुख र उप्रमुखहरुलाई जेष्ठ ३० र ३१

गते हेटौडामा आयोजना गरिएको अभिमुखीकरण कार्य क्रममा बालेन्द्र पहिलो दिन सहभागी भएर काठमाण्डौं र्फकिएका थिए । काठमाण्डौ र्फकिए लगतै उनले फेसबुक

मा बाग्मती प्रदेशले आयोजना गरेको काठमाण्डौं महानगर लाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुसी लागे को भन्दै स्टाटस लेखेका थिए ।कार्यक्रममा बोल्दै मुख्य

मन्त्री पाण्डेले भन्नुभयो “एउटा महानगरको मेयर भइसके का मान्छेलाई यस्ता कुरा आइहाल्यो भने पनि सुझाबको रुपमा लिएर अगी बढनुको साँटो हत्तनपत्त फेसबुकमा

लेखेर हाई हाइ हुने आदतको अब अन्त्य गरिनु पर्दछ यस्ले कुनै फाइदा गदैन् ।”मुख्यमन्त्री पाण्डेले काठमाण्डौंको फोहरको समस्या समाधान गर्न प्रदेश सरकार कटिब”द्ध

रहेको बताँउदै स्थीतिको गम्भीयर्तालाई नबुझी क्षणीक आवेशमा आएर फेसबुकको समाचार र गाली गलौचमा उत्रिने अवस्थाले स्थीति झन बिग्रिने बताउनुभयो ।मुख्य

मन्त्री पाण्डेले भन्नुभयो “ बालेनलाई गाली कसैले पनि गरेको थिएन् । अव्यवस्थीत रुपले फोहर बिर्सजन गर्न हुंदैन भनेर प्रदेशका अर्थ मन्त्रीले भनेका हुन् । उहाँले

बोल्ने क्रममा अलीकति आक्रोश भयो होला । त्यो उहाँ  को निजी बिचार हो । अर्थमन्त्रीको बिचारसंग म पनि पुरै सहमत छैन भनेर भनेको थिए । यस्ता बिषयलाई उठाएर

बिबाद झिक्न खोज्नु राम्रो कुरा होइन ”कानुनले फोहर बिर्सजनको अधिकार स्थानीय निकायलाई दिएपनि काठ माण्डौंको फोहर व्यवस्थापन का लागि अब बाग्मती प्रदेश

सरकार काठमाण्डौं महानगरपालीकालाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।मुख्यमन्त्री पाण्डेले काठमाण्डौं महानगरपालीकाले फोहरको समस्या समाधान गर्न गम्भीर

छौं, संयुक्त रुपमा समाधान गरौ भनेर प्रदेश सरकारसंग अनुरोध गरेमा ३ घण्टा भित्र फोहरको समस्या समाधान गर्न सक्ने ताकत रहेको बताउनुभयो ।उहाँले भन्नुभयो “ म

६३ सालमा स्थानीय बिकास मन्त्री भइसकेको मान्छे त्यहाँ का धेरै समस्यासंग नजिक पनि छु । त्यो फोहरका जम्मै कुराहरु व्यहोरेको छु । अस्ट्रेलियन प्रविधि भित्र्याएर १४

मेगावाटको बिजुली उत्पादन गर्ने २ सय मानीसहरु लाई रोजगारी दिने गरी फोहरको राजनीति अन्त्य गर्ने अन्तीम अवस्थामा पुगीसकेको थियो । मेरो कार्यकाल छोटो भयो

सरकार ढल्यो र म भन्दा पछाडी आउने मन्त्रीले ध्यानै दिनु भएन । फोहरको समस्या समाधान गर्न पर्दछ यसमा कसै ले राजनीति गनै हुंदैन् थप भिडियो सहित)”

Facebook Comments Box