ताजा समाचार

एकराज हप्तादेखि सम्पर्कमा नआएपछि घरमै जान बाध्य भएँ’ : राज्यमन्त्री विमला

दाङको तुलसीपुर– ५ बसपार्कस्थित वाइसिएल नेता एकराज बस्नेतकी श्रीमती र छोरीमाथि कुटपिट गरेको भन्दै विवादित बनेकी राज्यमन्त्री विमलाकुमारी खत्री

(वली)ले वास्तविकता भने फरक रहेको बताएकी छिन् ।उनले नयाँ पत्रिकालाई प्रतिक्रिया दिँदै आफू एकराजसँग भएको पैसाको कारोबार मिलाउन गएको वेला आफूलाई

नियोजित तरिकाले फसाउनका लागि यस्तो प्रपञ्च गरेको बताएकी छिन् ।उनका अनुसार वाइसिएल नेता एकराज बस्नेतसँग पैसाको कारोबार थियो । त्यो कारोबार मिलाउन

“एकराज सँग एक हप्तादेखि छलफल भइरहे को थियो  फोन मा कुरा भए पनि एक हप्तादेखि सम्पर्कमा नभएपछि विमला घरमै जान बाध्य भइन् एकराजले मेरो पैसा सापटी

लिएको, त्यही पैसाको “कारोबार का लागि म घर गएकी थिएँ,’ उनले भनिन्, ‘फोनमा त कुरा भइरहेको थियो, तर एक हप्तादेखि भेट हुन सकेको थिएन ।विमलाका अनुसार

एकराजकै घर जानुभन्दा केही समय अघिसम्म पनि फोन मा कुरा भइरहेको थियो । जब उनी घरमा पुगिन् त्यसपछि एकराजलाई भेट्टाउन नसकेको मन्त्री विमलाको भनाइ छ ।

जब म घरमा पुगेँ, त्यहाँ एकराज नभेटिएपछि ‘खोइ ! एक राज भनेर सोधेकी हुँ,’ विमलाले नयाँ पत्रिकालाई भनिन्, ‘भर्खरै फोन भएको, अहिले पनि सम्पर्क हुँदैन भनेर मैले

भनेँ ’त्यसपछि एकराजको श्रीमतीले जेठाजु वीरेन्द्र बस्नेत लाई बोलाएको विमलाले बताइन्।जेठाजु वीरेन्द्र बस्नेत सहित घरपरिवार र छिमेकी आए । उनीहरू आएपछि

भित्रबाट घरको गेटमा चुकुल लगाए । चुकुल लगाएपछि वीरेन्द्रले आफूलाई गालीगलौज गरेको बताएकी छिन् । ‘वीरेन्द्र आएपछि भित्रबाट चुकुल लगाए, त्यसपछि नाना

थरी गालीगलौज गरे, अपशब्द बोले, एकपटक वीरेन्द्र पिट्न पनि उठेक थिए, त्यतिवेला, पिएसओ र मीनाका ससुरा बुबाले छेकेपछि पिट्नबाट रोकिए,’ राज्यमन्त्री

वलीले भनिन्, ‘त्यतिवेला उल्टै मलाई एक करोड हिना मिना गरेको, सुन चोरेकोसम्मको आरोप पनि लगाए ।’ एकराजकी श्रीमती र आफूबीच तानातान हुँदा आफ्नो

पनि चुरा फुटेको बताइन् । उनले आफू सामान्य कुरा गरेर फर्किने तयारी गरेको भए पनि त्यहाँ चुकुल लगाएर मान्छे बोलाएर विवाद चर्काएको विमलाको आरोप छ ।आफ्नो

एकराजसँग मात्रै काम भएकाले त्यहीअनुसार त्यहाँ गए को राज्यमन्त्री वलीले बताइन् एकराजकी श्रीमती मीना   ले भने आफू र छोरीलाई कुटपिट गरेको बताएकी छिन् ।

सोहीअनुसार उनीहरूले मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छन् । अहिले सदन चलिरहेकाले राज्यमन्त्री वलीलाई बुटवल लगिएको छ । तर, उनी प्रहरीकै निगरानीमा छिन् ।

विमला मन्त्रालयकै गाडी र पिएसओसहित मंगलबार पौने ९ बजेतिर एकराजको घर गएकी थिइन् ।

Facebook Comments Box