ताजा समाचार धार्मिक/ सांस्कृतिक

“नपढ्नेलाई ठुलो दसा लाग्नेछ सोचेको काम बन्नेछ, फोटो छोई ॐ लेखि सेयर गरौं।

नपढ्नेलाई ठुलो दसा लाग्नेछ सोचेको काम बन्नेछ, फोटो छोई ॐ लेखि सेयर गरौं।ज्योतिषीय भाषामा साढेसाती दशा!पूर्वीय ज्योतिष सिद्धान्त गते, बार, महिना, अयन,

वर्ष, राशि, ग्रह, नक्षत्र, पञ्चांग, दशा र तिनमा आउने परिवर्तनमा आधारित छ । यसलाई सिद्धान्त, संहिता र होरा गरी तीन भागमा र अरु विभिन्न उपभागहरुमा वर्गी

करण गरेको पाइन्छ । जसले गणित, फलित र उपचारका बारेमा विस्तृत चर्चा गर्छ ।ती शास्त्रका अनुसार समस्त आकाशमण्डललाई ३६० डिग्रीमा बाँडिएको छ र ती ३६०

डिग्रीले एक वर्षका दिनलाई प्रतिनिधित्व गर्छन् । त्यो ३६० डिग्रीलाई १२ भागमा बाँडेर बाह्र वटा महिनामा वर्गीकरण गरिएको छ र हरेक महिनाको प्रतिनिधित्व मेषदेखि मीन

सम्मका एकएक राशिले गर्छन् ।तारामण्डलको समूहलाई नक्षत्र भनिन्छ जुन अश्विनीदेखि रेवतीसम्म २७ वटा हुन्छन् । सूर्यदेखि शनिसम्मका सातवटा बारले सातवटा ग्रहलाई

प्रतिनिधित्व गर्छन् । बाँकी दुई ग्रह राहु र केतु छायाँ ग्रह भएकाले तिनीहरुको आफ्नो बार भने छैन । राहुलाई शनिजस्तै र केतुलाई मंगलजस्तै फल दिने आधार मानेर

हेर्ने चलन छ ।खगोल शास्त्रीय यथार्थमा सबै ग्रहहरुले सूर्यको परिक्रमा गर्ने भए पनि ज्योतिर्विज्ञानले हामी बसेको पृथ्वीलाई स्थिर मानेर अरु ग्रहहरु आकाशमा परिक्रमा गरे

को मान्दछ । यस अर्थमा सबै नौ ग्रह आफ्नो आफ्नो बाटो मा माथि भनिएको ३६० डिग्रीको वृत्तमा आफ्नो आफ्नो गतिमा सदैव भ्रमण गरिरहेका हुन्छन् । जसलाई ग्रहको

गोचर भनिन्छ । खगोल शास्त्रका अनुसार त्यो ३६० डिग्री वा सबै राशिमा एक पटक भ्रमण गर्न विभिन्न ग्रहहरुलाई फरकफरक समय लाग्छ । यस्को मूख्य कारण ग्रहहरुको

पृथ्वीबाट फरक दूरी र उस्को आफ्नो फरक फरक गति हो सूर्यले करिब एक वर्षमा त्यो वृत्त भ्रमण पूरा गर्छ भने चन्द्र माले करिब २७ दिनमा त्यो वृत्त पुरा गर्छ । मंगलले यो वृत्त

एक वर्ष ६ महिनामा,बुधले लगभग १२ महिनामा बृहस्पति ले करिब १२ वर्षमा, शुक्रले एक वर्षमा त्यो वृत्त पूरा गर्छन् । शनिलाई त्यो वृत्त पूरा गर्न तीस वर्ष लाग्छ । शनि एउटा

राशिमा झन्डै लगभग साढे दुई वर्षसम्म रहन्छ । यस अर्थ मा शनिलाई यो वृत्त पूरा गर्न अरु ग्रहको तुलनामा सबै भन्दा बढी समय लाग्छ । तसर्थ यसलाई ढिलो ग्रह पनि

भनिन्छ ।माथिको वृत्त पूरा गर्न लाग्ने समय हेर्दा, चन्द्रमा करिब सवा दुई दिन एउटा राशिमा बस्छ भने सूर्य, बुध र शुक्र एक एक महिना, बृहस्पति करिब एक बर्ष र मंगल

करिब ४५ दिन एउटा राशिमा बस्छन् । तसर्थ ज्योतिषीरुले दैनिक र साप्ताहिक राशिफल चन्द्रमाको गोचर र त्यसको प्रभावबाट, पाक्षिक, मासिक र त्रैमासिक सूर्यलगायत बुध,

“शुक्र र मंगलको गोचरबाट, “अद्र्धवार्षिक र वार्षिक” बृहस्पति र शनिको गोचरबाट निकाल्ने गर्छन् । तसर्थ ती पूर्ण र सधैं सबै विषयमा मान्य नहुन सक्छन् ।

Facebook Comments Box