हाईलाइट

ओलीले मतदान गरेको वडामा काङ्ग्रेस विजयी।

काठमाडौं, जेठ २ । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले मतदान गरेको वडामा नेपाली कांग्रेस विजयी भएको छ । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका२ बालकोट

स्थित महेन्द्र शान्ति माविस्थित ‘क’ मतदान केन्द्रबाट मतदान गरेको थिए ।सूर्यविनायक नगरपालिका २ बालकोटबाट नेपाली कांग्रेसका प्रदीप कार्कीको प्यानल नै

विजयी भएको हो । कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी एमाले का विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरेका छन्।

थप/ ९५३ विदेशीले लिए आरोहण अनुमतिः ४७ करोड हिमाली दस्तुर संकलनकाठमाडौं, जेठ २ । कोभिड–१९ महामारीले २ वर्ष सुस्ताएको पर्वतीय पर्यटन यो वर्ष भने

लयमा देखिएको छ । पर्वतारोहणका लागि उपयुक्त मानिने स्प्रिङ सिजन (वसन्त ऋतु) शुरू भएयता सगरमाथासहित २५ ओटा हिमाल तथा चुचुरा (पिक) आरोहण गर्न हाल

सम्म ९५३ जनाले अनुमति लिएका छन् ।पर्यटन विभागको तथ्यांकअनुसार गत आइतवारसम्म विभिन्न देशका ९५३ पर्वतारोहीलाई हिमाल तथा पिक आरोहण अनुमति दिँदा

४७ करोड ४६ लाख राजस्व संकलन भएको छ अन्यभन्दा वसन्त सिजनमा हिमाल तथा पिक आरोहणका लागि पनि सरकार ले बढी शुल्क तोक्छ । विभागका अनुसार स्प्रिङ

सिजनमा सगरमाथा आरोहण गर्दा प्रतिआरोही ११ हजार अमेरिकी डलर तिर्नुपर्छ । सोही हिमाल विन्टरमा आरोहण गर्दा २ हजार ७५० डलर तिरे पुग्छसन् २०२२ को हाल

सम्मको अवधिमा सगरमाथा आरोहणका लागि परमिट जारी गर्दा विभागले ३९ करोड ६८ लाख राजस्व संकलन गरेको छ । कुल राजस्व संकलनमा सगरमाथाको अंश बढी

हुन्छ । विदेशी मुद्रा सञ्चितिमा चाप परेका बेला यो वर्षको शुरूदेखि नै पर्यटक आगमनमा सुधार हुँदा सकरात्मक योगदान भएको छ यो वर्षको वसन्त सिजनका लागि

सगरमाथा, अमादब्लम, अन्नपूर्णसहित विभिन्न २५ ओटा हिमाल तथा पिक आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् । आर्थिक अभियान दैनिकबाट

Facebook Comments Box