काठमाडौं । कोभिड –१९ को उपचार , रोकथाम तथा नियन्त्रणका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड रुपैयाँ माथिको रकम निकासा गर्ने भएको छ । आइतबार एक निर्णय गर्दै अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य
सामग्रीका लागि कुल ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्कका लागि २ अर्ब ९५ करोड २० लाख रुपैयाँ दिने सहमति गरेको छ ।
यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ दिने निर्णय गरेको छ । कोभिड–१९ को रोकथाम , उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जन संख्या मन्त्रालयको माग अनुरुप अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको हो । यो पनि! नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ले को’रो’ना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गरेका छन् ।
उनले फ्रन्टलाइनर मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाएका छन् । एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्था मा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताएका छन् ।श्रोत:रातोपाटि