राजनीतिक

सीसीएमसीको बैठकमा प्रधानमन्त्रीको निर्देशन- ‘पैसाको अभावमा कसैले ज्यान गुमाउनु नपरोस्’

काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीए मसी) को बैठकमा प्रधानमन्त्री केपी शमौ ओलीले पैसाको अभावमा कसैको ज्यान जान  नहुने निर्देशन दिनुभएको छ आइतबार  सिंहदरबारमा  बसेको  बैठकमा  प्रधानमन्त्रीको निर्देशन  उद्धृत  गर्दै परराष्ट्र  मन्त्री  प्रदीप  ज्ञवालीले प्रधान मन्त्री  ओलीले  पैसाको  अभावमा कुनै  नागरिकको ज्यान जान नहुने

र राज्यको  सबै संयन्त्र कोभिडविरुद्ध लागिपर्नुपर्ने बताउनु भएको बताउनुभयो ।मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै  भन्नुभयो, ‘क्वीक रेस्पोन्स टिम बनाउनुस् हर हालतमा नागरिकको ज्यान बचाउने काममा लाग्नुपर्‍यो पैसाको अभावले कसैको ज्यान जान हुँदैन ।’

बैठकमा नयाँ भेरियन्टसहितको कोरोना महामारी रोकथाम तथा  नियन्त्रणका  लागि  सबै  शक्तिलाई   आफ्नो  क्षमता अनुसार  प्रयोग  गर्ने   निर्णय  भएको  छ । बैठकले देशको स्वास्थ्य प्रणालीलाई  एकीकृतरूपमा  महामारीविरुद्ध लगा उने निर्णय भएको परराष्ट्रमन्त्री  प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका  अनुसार  त्यसका लागि स्वास्थ्य मन्त्रालय, प्रादेशि क  अस्पताल,  ती  सबैलाई  सञ्चालन   गर्न  हाल  रहेको कानूनी जटिलतासमेत फुकाएर  काम गरिने निर्णय भएको छ ।को’रोना  खोपको  तत्काल आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन

दिएको  पनि  मन्त्री  ज्ञवालीले  बताउनुभएको  छ । उहाँले भन्नुभयो, ‘देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउने । उद्योगलाई  बिजुलीमहसुललगायतमा सहुलियत दिने । लिक्विड  अक्सिजन  ल्याउन  भारतसँग आग्रह गर्ने पनि निर्णय गरेका छौं ।श्रोत:news24 nepal

Facebook Comments Box