नेपाल राष्ट्र बैंकका अनुसार आइतबार विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९६ पैसा र विक्रीदर ११७ रुपैयाँ ५६ पैसा रहेको छ भने, यूरोपि यन यूरो एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यस्तै , यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर नेपाली १६४ रुपैयाँ ४५ पैसा र हेको छ भने विक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको छ । स्वीस फ्रेन्स एकको खरिददर १२९ रुपैयाँ ३७ पैसा रहेको छ भने, विक्रीदर १३० रुपैयाँ ०३ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपै याँ ४९ पैसा रहेको छ भने विक्रीदर ९० रुपैयाँ ९५ पैसा रहेको छ ।
त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ६९ पैसा र विक्रीदर १० रुपैयाँ ७५ पैसा रहेको छ भने, चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २६ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ५६ पैसा र विक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ ।
यो पनि! केेेेही दिन यता नेपालि बजारमा क्रमिक रुपमा घट्दै गएको सुनको मूल्य फेरि ह्वातै बढ्न गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्र बार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार एकैपटक ९०० रुपैयाँले वृद्धि भएर ९२ हजार ५०० रुपैयाँ पुगेको हो ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । म हासंघका अनुसार यता चाँदीको मूल्य समेत आइतबार सामान्य वृद्धि भएको छ । गत शुक्र बार प्रतितोला एक हजार ३३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार २० रुपैयाँले वृद्धि हुँदै एक हजार ३५० रुपैयाँ कायम भएको छ।श्रोत:रातोपाटि