करिब दुई बर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’को हिन्दी डबिङ गरिएको छ । भारतमा रिलिज को लागि फिल्मको हिन्दी डबिङ गरिएको हो । को’रोनाको कारण भारतमा पनि फिल्म रिलिज माहोल नभएकोले अव फिल्म भारतीय यूट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ ।फिल्मका निर्देशक मिलन चाम्स हुन् । निर्देशक चाम्सले नै फिल्म हिन्दी डबिङ गरेर सार्वजनिक गर्न लागे को जानकारी दिए ।
‘फिल्म हलमा नै प्रदर्शन गर्ने भनेर फिल्मको हिन्दी डबिङ गरेका थियौं । तर, कोरोनाको कारण सो सम्भव हुन सकेन अब यूट्युबमै रिलिज गर्छाै’ निर्देशक चाम्सले भने ।फिल्म मा वर्षा सिवाकोटी, पल शाह, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी लगायत कलाकारको मुख्य अभिनय रहेको छ ।
यो पनि ! नेपाली जागरण गीत ‘सिंहदरबार कब्जा हुन सक्छ’ सार्वजनिक भएको छ । ज्ञानेन्द्र अधिकारीको शब्द, लय र संगीत रहेको गीत संस्कृति कार्कीको प्रस्तुतिमा निर्माण भएको हो ।ज्ञानेन्द्र अधिकारी र जमुना बिसीको स्वर रहेको रोमान्टिक शैलीमा तयार गरिएको गीतमा ‘गाय क गायिकाले गाउन पाउनु, पत्रकारले लेख्न पाउनु, कानुन कहाँ छ, न्याय कहाँ छ जनताले देख्न पाउन’ जस्ता शब्दले प्रथामिकता पाएका छन् ।
गीतमा दुर्गमका जनताले बिकास र सम्पुर्ण नेपाली हाम्रो नदीनाला आफ्नो भन्न नपाएको पीडा समेत पोखिएको छ । गीतको भिडियोमा ऋषि धमला, कलाकार धिरेन शाक्य, विशाल बिष्ट, नेपाली रेसलर हिक्मत थपलिया लागयतको अभिनय देख्न सकिन्छ । थु प्रै कोरास र राष्ट्रिय झण्डाको प्रयोग समेत गरिएको गीतका भिडियो समेत आकर्षक बनेको छ ।
गीतमा जनता ले विद्रोहको गीत आउन थालेकोले देशको अवस्था यस्तै रहे सिंहदरबार समेत छिट्टै कब्जा हुन सक्ने बताइएको छ । जातजाति, बेरोजगारी, सुकुम्बासीलगायत देशको थुप्रै समस्याको उठान गीतमा उठान गरिएको छ । भिडियोमा पनि सबै जातजाति र सांस्कृतिक पहिरन प्रयोग गरिएको छ ।
श्रोत:रातोपाटि