‘चिनियाँ अक्सिजन सिलिण्डर घरमा थुपारेको आरोप खेप्ने सांसद को हुन् ?२ जेठ, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसदको घर मा भेटिएको भन्दै सामाजिक सन्जालमा पोष्ट गरिएको एक भिडियो अहिले भाइरल छ । भिडियोमा निलो रंगका सिलिण्डरहरु भुइँतलाको भर्याङसँगै राखिएको देखिन्छ ।
‘जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसदले घरमा अक्सि”जन सि”लिण्डर थुपारेको भन्दै आक्रोश व्यक्त गरेको आवाज सो भिडियो मा सुनिन्छ ।एक व्यक्ति भन्छन्, ‘सिलिण्डर देखियो घरमा लुकाएर राखेको छ ।’अर्का व्यक्तिको आवाज सुनिन्छ– को छ यो घरमा ? यो सिलिण्डर कसको हो ?‘
‘यो त चाइना सरकारले दिएको, माननीय सांसदले ल्याए को रहेछ,’ अलि झर्किएको भावमा अर्का व्यक्ति भन्छन्, ‘यो त चाइना सरकारले दिएको सिलिण्डर होइन र ?’
‘भिडियोमा फेरि आवाज सुनिन्छ, ‘बानेश्वर लाई खबर गर्नुस् र यसलाई जफत गर्नुस् ।’करिब एक मिनेट को भिडियोमा सुनिएको आवाज हो यो । यो भिडियो सार्व ज निक भएसँगै आक्रोश पूर्ण प्रतिक्रिया आएका छन् । भूकम्प पीडितका लागि ल्याइएको त्रिपाल सांसदहरुले लगेको घटनासँग पनि यसलाई कतिपयले तुलना गरेका छन् । उनीहरुले अक्सिजन सिलिण्डर घरमा राखेको सांसदको नाम सार्वजनिक गर्न भन्दै स्थानीय प्रशासनको ध्या’नाकर्षण गराएका छन् ।
‘अक्सिजन सिलिण्डर घरमा भेटिएको घ’टनामा मुछिएकी सांसद हुन् गंगा चौधरी । उनी दाङकी एमालेकी सांसद हुन् । उनले भनिन्, ‘जनताको लागि राज्यले दिएको सम्पत्ति लुटें । अयो मेरो लागि होइन, लमही अस्पतालको लागि हो ।’
उनले आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आइसोलेसन सेन्टरको लागि पाँच थान अक्सि जन सिलिण्डर घरमा ल्याएर राखेको बताइन् । उनले भनि न्, ‘दाङको लमहीस्थित कोभिड आइसोलेसन सेन्टरका लागि जम्मा गरेका अक्सिजन सिलिण्डर हुन् । ती सिलि ण्डर लिएर म अहिले दाङ आइसकेको छु ।’ उनले अस्पता लको माग फारम, स्वास्थ्य विभागले दिएको भर्पाइ लगाय तका सबै कागजपत्र आफूसँग रहेको बताइन् ।
‘सरकारको बदनाम गराउने प्रयास असफल भयो: चौधरी
‘सांसदले अक्सिजन सिलिण्डर घरमा ल्याएर राखे को सूचना पाएको भन्दै केही युवाहरु काठमाडौंको शान्तिनगरस्थित उनको डेरामा पुगेका थिए । सांसद चौधरीले ज्ञानेन्द्र शाही लगायतका युवा आफ्नो घरमा आएको र आफूले अस्पतालको लागि भनेर सबै कागजपत्र देखाएपछि उनीहरु फर्किएको बताइन् । चौधरीले भनिन्, ‘कसले सूचना दिएछ कुन्नी, उनीहरु होहल्ला गर्दै थिए, ठ्याक्कै म पुगेर सबै प्र’माण देखाएँ । त्यसपछि उनीहरु आफैं लज्जित भएर फर्किए, ज्ञानेन्द्र शाहीलगायत ।’
‘उनले सरकारलाई बदनाम गराउनका लागि यो सब भएको दा’बी गरिन् । ‘कांग्रेसीहरुले नेपाल सरकारलाई बदनाम गराउनका लागि त्यो गर्न खोजेका थिए, तर असफल भए,’ उनले भनिन् ।
‘अन्य जिल्लाहरुमा जस्तै दाङमा पनि कोरोना सं’क्रम णको भयावह अवस्था रहेको भन्दै उनले अक्सिजन सिलिण्डरको जोहो गर्न आफूले प्रयास गरिरहेको बताइ न् । ‘म सामान जम्मा गराउँदै छु तर कांग्रेसी बगालचाहिँ सरकारको बदनाम गराउन खोज्दै थिए, असफल भए ।’ उनले भनिन् । अनलाइन खबरले लेखेको छ,