ताजा समाचार सामाजिक

महा’मारीमा उपत्यकाका चार प्रहरी क’माण्डर : का’लोबजारी रो’क्नेदेखि अ’क्सिजन सिलिण्डर खोज्दै

काठमाडौं ।महानगरीय अ’पराध महाशाखाले २८ वैशाखमा न्यून गुणस्तरको अक्सिमिटर महँगो मूल्यमा बेच्न खोज्ने ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गर्यो । उनीहरुको साथबाट ७६५ थान अक्सिमिटर ब’रामद पनि गरिएको थियो ।को’रोना महामारीका कारण अहिले व्यक्तिको शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अ’क्सिमिटरको माग अत्यधिक छ । विभिन्न औ’षधिजन्य पसल एवं फ’र्माहरुले आम सर्वसाधारणलाई बजार मूल्यभन्दा अधिक मूल्य लिई नक्कली अक्सिमिटर खरिदविक्री गरिरहेको पाइएको हो ।ब’रामद गरिएका अक्सिमिटरमा उत्पादन मिति, म्याद समाप्त मिति, खरिद विक्री मूल्य, उत्पादक कम्पनीको नाम लगायत केही पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन भेटिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बजार मूल्य ६÷७ सय पर्ने अक्सिमिटरहरु २ हजार २२० रुपैयाँसम्म अधिक मूल्यमा बिक्री गरेको पाइएको छ।

गत ७ वैशाखमा नक्कली पी’सीआर रिपोर्ट बनाउने सुरिया हेल्थकेयर प्रालिमा महाशाखाले छा’पा मा’र्यो । काठमाडौंको सिनामंगलमा रहेको उक्त हे’ल्थकेयरका सञ्चालक डा. सीपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्र बहादुर रायमाझीसहित ८ जना पक्राउ परे ।उनीहरुले विदेशमा काम गर्न जानेलाई नक्कली रिपोर्ट दिने गरेका थिए । उनीहरुले सरकारले तोकेभन्दा अत्यधिक रकम लिई स्वाबको नमूना समेत नलिई एक÷दुई घण्टाभित्र नै नक्कली पी’सीआर रिपोर्ट बनाउँदै आएका थिए । यस्तै, महाशाखाको टोलीले २३ वैशाखमा काठमाडौंको वसुन्धराबाट गोरखास्थित आरुघा’टका २५ वर्षीय रफिक मियाँलाई पक्राउ गर्यो ।को’रोना संक्रमितको औ’षधि रि’मडेसिभिर वास्तविक मूल्यभन्दा बढी लिएर बे’चबि’खन गरेको पाइएपछि उनलाई पक्राउ गरिएको हो ।

उनले करिब ३० हजार रुपैयाँ पर्ने एक सेट रि’मडे’सिभिरलाई १ लाख २० हजार रुपैयाँ विक्री गर्न लागेका थिए । २४ वैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौंले अ’क्सिमिटर तथा से’निटाइजर कालोबजारी गर्ने एकजनालाई पक्राउ गर्यो ।सिराहा लाहान घर भई हाल क्षेत्रपाटीमा बीबीआर ई’न्टरप्राईजेज संचालन गर्दै आएका भगवान वावु राय राजपुतलाईं का’लोवजारीको आरोपमा नियन्त्रणमा लिइएको हो । उनको साथबाट ८ थान अ’क्सिमिटर र १२४ ग्यालिन से’निटाइजर समेत बरामद गरिएको छ ।अक्सिमिटर तथा से’निटाइजर का’लोबजारी भइरहेको गुनासो आएपछि परिसरवाट विशेष टोली परिचालन गरी अनुगमन गर्दा ती व्यक्ति पक्राउ परेका थिए ।

यी त केही प्रतिनिधि उदाहरण हुन् । पछिल्लो समय को’रोना महामारी बढेसँगै स्वास्थ्य सम्बन्धी ’अपराध पनि वृद्धि भएको प्रहरीको पछिल्लो कारबाहीको तथ्यांकले देखाउँछ ।विशेषगरी रि’मडेसि’भिर, अक्सिमिटर, सेनिटाइजर, अक्सिजन सिलिन्डर विक्री, पीसीआर परीक्षण सम्बन्धी आ’पराधिक घटना बढेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले काठमाडौंको सु’रक्षा अवस्था ठीक रहेको र निषेधाज्ञाको क’डाइका साथ पालना गराउन प्रहरी ख’टिरहेको बताए ।साथै, अस्पतालमा पनि प्रेसर बढेकाले त्यता पनि सरसहयोग गर्दै आएको उनको भनाइ छ । ‘साँझ बिहान मान्छेहरु बाहिर निस्कन खोज्छन्, प्रहरीले माइकिङ गरेर स’चेतना जगाउने काम गरिरहेको छ । त्यसरी पनि नमान्नेहरुलाई ज’रिवाना पनि गरेका छौं,’ सिंहले भने ।

उनका अनुसार नि’षेधाज्ञा उ’ल्लंघन गर्नेहरुबाट करिब ५ लाख# रुपैयाँ ज’रिवाना संकलन भएको छ । ‘निषेधाज्ञा सुरु भएयता करिब २० हजार जनालाई नियन्त्रणमा लिएर स’म्झाइबुझाइ गरेका छौं भने १७÷१८ वटा सवारीसाधनलाई होल्डमा लिएका छौं,’ उनले भने ।यस्तै, कालो’बजारी नियन्त्रणका लागि पनि सादा पोसाकमा टोली ख’टाएको र निगरानी गरिरहेको सिंहले बताए । विशेषगरी स्वास्थ्य सामग्रीमा का’लोबजारी बढेको गुनासो आएकाले मास्क, से’निटाइजर, अ’क्सिमिटर, रे’मडिसिभिर लगायतमा का’लोबजारी गर्नेहरुलाई पक्राउ गरी का’रबाही प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले नि’षेधाज्ञा उ’ल्लंघन गर्नेलाई हो’ल्ड गरेर नि’रुत्साहित गरिरहेको जानकारी दिइन् । ‘पछिल्लो समय संक्रमण ती’व्र बनेपछि सर्वसाधारण आफै स’चेत हुनुपर्छ भन्ने भावना बढिरहेको छ,’ उनले भनिन्, ‘हामीले पनि १८ ठाउँमा चे’कपोस्ट राखेर नि’षेधाज्ञा पालनामा जोड दिएका छौं ।उ’ल्लंघन गर्नेलाई कारबाही गरिरहेका छौं, पैदल गस्ती बढाएका छौं, सादा पोसाकमा प्रहरी ख’टाएका छौं ।’सुरुका दिनहरुमा ज’रिवानाको रकम बढी भए पनि अहिले घ’टेको उनले बताइन् । नि’षेधाज्ञा उ’ल्लंघन गर्ने दैनिक करिब ५०० जति सवारीसाधन, डेढ सय जना व्यक्तिलाई हो’ल्ड राखिएको बज्राचार्यले जानकारी दिइन्।

 

Facebook Comments Box