धार्मिक/ सांस्कृतिक

व्यापक रुपमा को’रो’ना फैलिएपछी को’रो’ना रोक्न आग्रह गर्दै देवतालाई बो’का’काे बलि

जाजरकाेट ।को|राना रोकथाम तथा नियन्त्रण गर्न नलगा ड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइ एको छ । शनिबार  दिउँसो गाउँलेहरु जम्मा भएर कालिका माई देवीलाई बलि दिइएको स्थानीयवासी हरिबहादुर खत्री ले  बताउनुभयो ।नलगाडमा   एक   जनप्रतिनिधको  मृ’त्यु भएसँगै छिमेकी रुकुम

पश्चिमको  आठबीसकोट  नगरपालिकामा व्यापक मात्रामा कोरोनाको  सङ्क्रमण   बढेपछि  सो  रोक्न बलि दिइएको खत्रीले   जानकारी   दिनुभयो ।  उहाँले  भन्नुभयो, ‘यसको औषधि  बनेको  छैन रे ,  हाम्रो गाउँमा समेत एक जनालाई को’रोना देखिसक्यो । बाँच्ने उपाय केही नभएपछि देवीको शरणमा पुगेको छौँ ।’

यही जेठ  १२  गते  मष्टो देवतालाई बलि दिने गरी शनिबार बोकाको  भाकल गरिएको छ । शनिबारदेखि रातभर खर्क राती गर्ने  (गाउँभरिका मानिस जम्मा भएर देवताको मन्दिर मा   जाग्राम   बस्ने)   योजनाका  साथ गाउँलेहरु मन्दिरमा जम्मा भएको खत्रीले बताउनुभयो

मष्टा देवता  र कालिका माईबाहेक अरुले यो रोग नियन्त्रण गर्न नसक्ने  धामी  हर्कबहादुर खत्रीले बताउनुभयो । पटक पटक यस्ता खालका महाविपत्ति आउँदा देवताको शरणमा जाने गरेको उहाँले बताउनुभयो । हल्चौर जुम्ली सिञ्जाका न्यौपाने खत्रीहरुको बाहुल्य रहेको गाउँ हो ।

यहाँ  जुम्लाकै  मष्टो  देवता मनाउने गरिन्छ । जाजरकोटमा झाडापखाला  रोग नियन्त्रणका लागि पनि यहाँका गाउँलेह रु देवताको शरणमा  गएका थिए । गाउँलेहरुले पैसा जम्मा गरी उठाएको र कमबाट बोका खरिद गरी देवताका नाममा बलि दिने चलन रहेको छ ।श्रोत:news24nepal

Facebook Comments Box