ताजा समाचार राजनीतिक

हेटौंडामा राप्रपाले लियो अग्रता।

१ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एकीकृत समाजवादीलाई उछिनेको छ । पछिल्लो मत परिणाम अनुसार राप्रपाका उम्मेदवार दीपकब हादुर सिंहले एकीकृत समाजवादीकी मीना लामालाई पछि पारेका हुन् ।

सिंहले २ हजार ७१० मत ल्याएका छन् भने लामाको २ हजार ६६९ मत रहेको छ ।यसैगरी हेटौंडा उपमहानगरपालिका,,को उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बनाएको छ । कांग्रेस का तर्फबाट उपमेयर उम्मेदवार राजेश बानियाँले ३ हजार ९८२ मत पाएका छन् भने उनलाई

एमालेका सुमित्रा काफ्लेले ३ हजार १६ मतका साथ पछ्याइरहेकी छन् । राप्रपाकी इन्दिरा न्यौपानेले ८०३ मत ल्याएकी छन् ।

यो पनि,,हेटौंडामा एमालेलाई पछी पार्दै राप्रपा अगाडी लाग्यो , कडा प्रतिस्पर्धाको आकलनउपमहान गरपालि कामा मेयरका लागि गठबन्धनका उम्मेदवार नेकपा समाजवादीकी मि,,ना कुमारी लामाले अग्रता लिइरहेकी छन् । एमाले तेस्रो स्थानमा झरेको छ हाल हेटौंडा–१, २, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ ।

हालसम्म २२ सय ७४ मतसहित गठबन्धनकी उम्मेदवार मीना लामा पहिलो स्थानमा रहेकी छन् ।दोस्रो स्थानमा राप्रपाका उम्मेदवार दीपक सिंह रहेका छन् । उनले २२ सय २५ मत प्राप्त गरेका छन् तेस्रो स्थानमा एमालेका उम्मेदवार अनन्त पौडेल रहेका छन् ।

उनको २१ हजार १२ मत प्राप्त भएको छ ।उपमेयरमा गठबन्धनका राजेश बानियाँले ३३०१ मत ल्याएका छन् भने एमालेको २७७६ मत प्राप्त भएको छ ।

यो पनि,,काठमाडौं महानगरपालिकामा अहिले को गतिमा मतगणना हुँदा कति दिन लाग्छ? काठमाडौं महानगरपालिकामा मतगणना कार्य निकै सुस्त भए को भन्दै आलोचना बढेको छ । हालसम्म महानगरपालिकामा झन्डै साढे ६ हजार मतगण ना भएको छ । काठमाडौं महानगरपालिकामा मतदानको भोली पल्ट बैशाख ३१ गते बिहान ९ बजेदेखि मतगणना सुरु भएको थियो ।

मतगणना थालेदेखि हालसम्म २८ घण्टामा जम्मा ६ हजार ४ सय ७३ मत गणना भएको छ । यो हिसावले एक घण्टामा २ सय २८ वटा मत गणना भएको देखिन्छ । काठमाडौं महानग रपा लिकामा १ लाख ९१ हजार मत खसेको छ ।

अहिले भइरहेको दरमा मत गणना हुने हो भने खसेको कुल मत गन्न ८ सय ३५ घण्टा लाग्ने देखिन्छ, यो भनेको झन्डै ३४ दिनको समय हो । कूल ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा ६३ प्रतिशत मत खसेको थियो ।

अघिल्लो निर्वाचन २०७४ सालमा यो महानग रको मतगणना सम्पन्न गर्न २ साता लागेको थियो ।ढिलो गतिमा मत गणना भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बिभिन्न किसिमका ट्रोल बनाउन तथा ब्यङ्ग्य गर्न थालेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्तिम मत परिणाम आउँदा बालेन साहको अवस्था भनेर उनको दारी फुलेको फोटो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले मत गणक नै मतगणना कति पुग्यो भने पूर्व सचिव भीम उपाध्यायको फेसबुक चेक गर्दै भनेर ब्यङ्ग्य गरेका छन् ।

कतिपयले किताबको पाना पल्टाएको आधारमा आफूलाई पुरै किताब कण्ठ हुने भनेर भ्रम फैलाएका विजय शाहीलाई बोलाउनुपर्ने भन्दै ब्यङ्ग्य गरेका छन् ।

Facebook Comments Box