हाईलाइट

“अहिले सम्म जम्मा दुई मत पाउने यि ब्यक्ति को हुन?

काठमाडौं, जेठ १ । हेलिकप्टरबाटै बिउ छर्नेदेखि पशु बस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा गरेका डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर

१ मा स्वतन्त्रतर्फ वडाध्यक्षको उम्मेदवारी दिएका खडक ठकुराठीले मात्र दुई मत पाएका छन्।वडामा खसेका कुल मतमध्ये ६ सय मत गणना सकिदासम्म उनले मात्र दुई मत

पाएका छन्। यो वडामा १ हजार १२६ मत खसेको थियो उम्मेदवारी दर्ता गराउनु अघि उनले चुनावी घोषणा पत्रमा हेलिकप्टरबाटै बिउ छर्नेदेखि हेलिकप्टर बाटै सिँचाइको

व्यवस्था गर्ने वाचा गरेका थिए।ठकुराठीले नागरिकलाई ३६५ दिननै दसैँ मनाउने व्यवस्था गर्नेदेखि पशुवस्तुलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था मिलाउने वाचा घोषणापत्रमा गरेका थिए। अन्य थप अपडेटहरु …।।

काठमाडौं भर्खरै प्राप्त जानकारी अनुसार काठमाडौं महानगर पालिका को मतगणना स्थगित गरिएको थियो।मत गणकको विश्रामका लागि गणना स्थगित गरिएको

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो ।अहिले पुन: सुरु भएको छ र अहिले सम्मको जानकारी अनुसार काठमाडौं मा स्वतन्त्र उम्मेदवार बालेन शाहले”

अग्रता लिएका छन्। बालेन 1890 केशव सथापित 1097 र सिर्जना सिह को 949 रहेको छ ।।र केहि छिन अगाडीको यो ताजा नतिजा काठमाडौं । काठमाडौं महा

नगरपालिकाको मेयरमा बालेन साहले झण्डै ६ सय मतले अग्रता लिएका छन् । र अहिले सम्म चितवन र काठमाडौं  लाई विशेष रुपमा चासो का साथ हेरिदै आएको पनि छ।

चार हजार ४४४ मत गणना हुँदा उनले १५७५ मत प्राप्त गरेका छन् उनलाई पछ्याइरहेको एमालेका केशव स्थापित ले ९८५ मत पाएका छन् भने । नेपाली कांग्रेसकी सिजंना

सिंहले ८२५ मत पाएकी छन् ।त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् । अहिले काठमाडौंको वडा नम्बर १,२,३, ४ र ३२ को मतगणना भइरहेको छ ।आज

देखि आइतबार पनि सरकारी बिदा आजदेखि आइतबार पनि सरकारी बिदा हुने भएको छ । गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार बिदा

दिने निर्णय गरेको हो ।बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो । सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा

दिन लागेको हो । निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्ने छन् । पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चिति

मा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो । त्यसअनुसार सरकारले साता मा दुई दिन बिदा दिएको हो ।यसरी सरकारले दुई दिन

बिदा दिने निर्णय गरे पनि विद्यालयहरूमा के गर्ने भन्ने अन्योल थियो । तर पछि शिक्षा मन्त्रालयले अरू बिदा कटौटी गरी आइतबार पनि बिदा दिने निर्णय गरेको थियो ।

Facebook Comments Box