हाईलाइट

काठमाडौँ ताजा अपडेट: मतगणना स्थगित गरिएको छ।

काठमाडौं को ताजा अपडेट:काठमाडौं महानगरपालिका को मतगणना स्थगित गरिएको छ।मत गणकको विश्राम का लागि गणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृत

को कार्यालयले जनाएको छ। अहिले विहान केही बेरमा पुन: सुरु हुने बताइएको छ।काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। केहि अगाडीको अपडेट

हामीले यो समचार तयार गर्दा पाएको जानकारी अनुसार  काठमाडौं । काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मे दवार बालेन साहले अग्रतालाई अझै निरन्तरता दिइरहेका

छन् ।पछिल्लो मत परिणाम अनुसार उनले हालसम्म १२२८ मत प्राप्त गर्दै अग्रता कायम गरिरहेका हुन् । उनीपछि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले धेरै

मत प्राप्त गरेका छन् । स्थापितले हालसम्म ८७१ मत प्राप्त गरेका छन् ।अहिलेको अवस्था हेर्दा बालेनले आफ्नो प्रमुख प्रतिद्वन्द्वीसँग ३५७ मतान्तर बनाएका छन् ।उता

पाँचलदीय गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले भने ६९९ मत मात्रै प्राप्त गरेकी छन् । त्यस्तै काठमाडौंको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले पनि भारी

मतका साथ अग्रता कायम गरिरहेकी छन् ।उनले ६०२ मतका साथ अग्रता बनाएकी छन् । त्यस्तै उनका प्रतिद्वन्द्वी गठबन्धनका रामेश्वर श्रेष्ठनले हाल सम्म भने जम्मा” १२६

मत मात्रै प्राप्त गरेका छन् । अब अन्य थप अपडेटहरु ३१ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर मा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता

कायम राखेका छन् ।शनिबार सुरु भएको मत गणनामा ४०० मत गन्दा चिरिबाबुले २१९ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ९७

मत पाएका छन् ।त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य बज्राचार्यले ११४ र नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४० मत पाएका छन् ।।।

बागलुङका चार पालिकामा मतगणना सुरु, दुईमा हुन सकेन बागलुङ नगरपालिकासहित चार पालिकामा मतगणना ढिलो गरी सुरु भएको छ । दश पालिकामध्ये

तीन पालिकामा दिउँसोदेखि मत गणना सुरु भएको छ । साँझदेखि चार पालिकामा मतगणना सुरु भएको छ ।बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ

गाउँपालिका, तमानखोला गाउँपालिका र काठेखोला गाउँपालिकामा मत गणना सुरु भएको छ । दिउँसो गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, निसी

खोला गाउँपालिकाका केही वडाको मत परिणाम आइसके को तर बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा मत गणना हुन सकिरहेको छैन । ढोरपाटनमा सर्वदलीय

बैठकमा नै झडप हुँदा दुई घाइते भएका छन् भने बडि गाडमा सर्वदलीय बैठकमा सहमति हुन सकेको छैन ।बागलुङ नगरपालिकामा ५ बजेदेखि मतगणना सुरु भएको

छ सर्वदलीय बैठकको निर्णयानुसार बागलुङ नगरपालिका को मतगणना जिल्ला समन्वय समिति बागलुङको सभा हल मा सुरु भएको छ । मतगणनाको सुरुआत मुख्य निर्वा

चन अधिकृत वासुदेव न्यौपानेले गरेका थिए ।चौध वडा रहेको बागलुङ नगरपालिकाको दुई स्थानमा मतगणना भइरहेको छ । अहिले बानपा–१ रामरेखा र बानपा–१४

नारायणस्थानको मतगणना भइरहेको छ । ४० हजार ११८ रहेको नगरपालिकामा २५ हजार ८४१ मत खसेको छ।

Facebook Comments Box