ताजा समाचार

तीन हजार मतगणना गर्दा पाँच दल गठबन्धनको जम्मा ४० मत।

काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलीय गठबन्धन को तर्फबाट मेयरका उमेद्वारको लज्जास्पद नतिजा आए को छ।धुलिखेलमा अहिलेसम्म २९३४ मतगणना गर्दा पाँच

दलीय गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाज वादीका उम्मेदवार दयासागर श्रेष्ठले जम्मा जम्मा ४० मत पाएका छन्।अहिलेसम्म वडा नम्बर एक र दुईको गरी कुल

२९३४ मत गन्दा एमालेका अशोककुमार ब्याञ्जुले अग्रता लिएका छन् । भने स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले जेब्रा चुनाव चिन्ह दोश्रो स्थानमा मत ल्याएका छन् भने

पछिल्लो नतिजा अनुसार एमालेका अशोक कुमार” ब्याञ्जुको १३७४ र स्वतन्त्र उमेद्वार विदुरकुमार बस्नेतको ११०७ र गठबन्धनका एकीकृत समाजवादीका उमेद्वार

दयासागर श्रेष्ठले ४० मत प्राप्त गरेका छन्।धुलिखेल नगरपालिकाको वडा नम्बर एकको अन्तिम नतिजामा अध्यक्षका नेपाली कङ्ग्रेसका उम्मेद्वार सन्त बहादुर लामा

बिजयी भएका छन्। भने वडा नम्बर दुईमा गठबन्धनलाई पछि पार्दै नेकपा एमालेको अर्जुन न्यौपानेको प्यानल नै बिजयी भएको छ।धुलिखेलमा अघिल्लो निर्वाचनमा

एमालेका ब्याञ्जु विजयी भएका थिए। अहिले उनैले अग्रता लिइरहेका छन् भने उनलाई पछ्यईरहेका बस्नेत धुलिखेल कांग्रेसका नगर सभापति थिए। गठबन्धन गर्दा

एकीकृत समाजवादीलाई मेयर दिइएपछि उनले बागी उम्मेदवारी दिएका थिए । अन्य थप अपडेटको लागि हामी सँगै जोडिएर अपडेट लिनुहोस् सबैलाई धन्यवाद।।।।।।

Facebook Comments Box