हामीले यो समचार बनाउने समय सम्म पाएको डेटा अनुसाभरतपुर महानगरपालिका मेयर पदकी उम्मे दवार रेनु दाहालले अग्रतालाई कायम राखेकी छन् ।उनले एक
हजार तगणना भइसक्दा पनि एमालेका विजय सुवेदीलाई पछाडि नै राखेकी छोडेकी हुन् ।१ हजार मत गणना हुँदा रेनुले ३७० मत प्राप्त गरेकी छन् । उता एमालेका उम्मे
दवार विजय सुवेदीले भने ३३९ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १२१ मत ल्याएका छन् त्यस्तैगरी उपमेयरमा काँग्रेसमा काँग्रेसका
उम्मेदवार अघि छन् । काँग्रसका चित्रसेन अधिकारीले ४२८ मत ल्याएर अग्रता कायम गरिरहेका हुन् । उपमेयर पदकी राप्रपाकी उम्मेदवार राप्रापा हिमला गुरुङले २७३
मत पाएकी छन् । अब अन्य थप अपडेट।। प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा को वडा डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १
मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार पराजित भएका छन्।यहाँ नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्ष मा निर्वाचित भएका छन्।निर्वाचन अधिकृत
शिवप्रसाद रेग्मीले वडाध्यक्ष मा भण्डारी निर्वाचित भए पनि औपचारिक घोषणा गर्न बाँकी रहेको सेतोपाटीलाई बताए।यहाँ कांग्रेस बिपी र नेकपा एमालेबीच चुनावी
तालमेल भए को थियो।वडाध्यक्षमा निर्वाचित भण्डारीले छ सय ७३ मत र कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवाले पाँच सय ४४ मत ल्याएका छन्।यो पनि,,चुनावी परिणाम
ले देशभर राप्रपाको शक्ति बढेको देखायो काठमाडौं, ३१ वैशाख । देशभरको प्रारम्भिक चुनावी परिणामले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थितिमा व्यापक सुधार आएको देखि
एको छ । राप्रपाले केही पालिकाहरुमा अग्रता लिएको छ । केहीमा उसले मुख्य दललाई कडा चुनौती दिइरहे को छ एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको
दमक नगरपालिकामा राप्रपा दोस्रो स्थानमा छ । बुटवल उपमहानगर पालिकामा पनि राप्रपा दोस्रो स्थानमा छ रुपन्देहीको एउटा पालिकामा राप्रपा अग्रता लिन सफल छ
। काठमाडौंको शंखरापुरा नगरपालिकामा राप्रपाले सुरु वाती अग्रता लिएको छ ।काठमाडौं उपत्यकाका पालिका हरु, प्रदेश १, तराई र पश्चिम नेपालका पालिकाहरुमा पनि
राप्रपाको मत सुधारिएको देखिएको छ राजेन्द्र लिङ्देन अध्यक्ष बनेपछि राप्रपाको शक्ति बढेको आँकलन गरिएको थियो । चुनावी परिणामले राप्रपा बलियो बनेको देखाएको छ ।-