गायिका पारु राईला ई १ दशकअघि गायनमा जम्न मन थियो। उनले एकपछि अर्को गर्दै गीत निकाल्न थालिन्। चर्चा चलिरहेको थियो तर उनी एक्कासी बेलायत पुगिन्। बेलायत गए पश्चात उनी अर्कै संसारमा रम्न थालिन्। करिब १ दशकपछि पारु पुन सांगीतिक यात्रामा फर्किएकी छन्। पारुले ‘तिम्रो तृष्णा’ बोलको गीतको भिडियो बजार मा ल्याएकी हुन्।।
उनलाई स्वरमा भ्वाइस अफ नेपालका फाइनलिष्ट विकास लिम्बूले साथ दिएका छन् ।गायिका पारुकै शब्द रचना रहेको गीतमा संगी त गायक तथा संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ। बेलाय त र नेपालका विभिन्न सुन्दर तथा रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा छांया कन, सम्पादन एवं निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरे का छन्।
नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका हुन्। करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, विका श लिम्बू र वृक्षा लिम्बूले यस गीतमा अभिनय गरेका छन्। सानै उमेरदेखि कलाकारितामा झुकाव भएकाले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर लाग्ने उनले बताए।
भिडियोमा मेकअ प बिपना गुरुङ, सह–छांयाकन आशिष श्रेष्ठ र रंग संयोजन नवीन निरौलाको रहेको छ। नेपाल छँदै संगीतको आधारभूत शिक्षा लिइसकेकी गायिका राईले प्रवासमा रहेर आफूलाई मन पर्ने पेसा अंगाल्नका लागि सोचे जस्तो सहज नभएको बताइन्। पाँचथरमा जन्मिएकी र हाल बेलायतमा पल्टने जीवन बिताइरहेकी पारु राई करिब एक दशकदेखि बेलायतमै बस्दै आएकी छन्।
श्रोत:अन्नपूर्ण