जनता समाजवादी पार्टी, नेपालको आन्तरिक विवाद उत्क र्षमा पुगेको छ आज अध्यक्ष उपेन्द्र यादव पक्षले कार्यकारि णी समितिको बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने विज्ञप्ती निकालेर बैठक नराखेको स्पष्ट पारेका छन् ।ठाकुर पक्षले संसदीय दलको
बैठक बसेर नेतामा राजेन्द्र महतो चयन गरेपछि यादव पक्ष असन्तुष्ट बनेको हो । यादव पक्षले कुन आधारले महतो दलको नेता नियुक्त भएको हो ? भन्दै प्रश्न उठाउँदै आएको छ । अहिले जसपाको यादव पक्षको कार्यकारिणी समिति को बैठक जारी छ ।
आजको बैठकले ठाकुर पक्षलाई कारबाही गर्ने तयारी गरे को चर्चा छ ।जारी ग रेको विज्ञप्तिमा भनिएको छ-‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति को बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम्
सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषि त भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’
यो पनि! प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नास्ति क’ नै रहेको सन्देश दिएका छन् । उनले ३१ वैशाखमा राष्ट्र पति विद्यादेवी भण्डारीसँग सपथ लिँदा ईश्वर शब्द उच्चार ण गरेनन् । सपथ गराउँदै गर्दा राष्ट्रपति भण्डारीले ‘ईश्वर’ शब्द उच्चारण गर्नुअघि उनले बीचैमा काटेर त्यो पर्दैन सम्म भने ।
कम्युनिस्ट नेता ओलीले पछिल्लो समय पशुपतिनाथको पूजा गर्ने देखि अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्ने कदम चालेर धेरैलाई आश्चर्यचकित पारेका थिए । तर, उन ले सपथ लिँदा ईश्वर शब्द उच्चारण नगरेर आफूलाई नास्ति क रहेको सन्देश दिन खोजेका छन् ।राष्ट्रपति भण्डारीले सपथ गराउँदा ‘… .सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्दा ओली बोलेनन् ।
भण्डारीले पुनः दोहोर्याएर बोल्दा ओलीले ‘त्यो पर्दैन’ मात्र भने । त्यसपछिकोवाक्य ‘ईश्वर , देश र जनताको नाममा सपथ लिन्छु कि ’ भन्दा ओलीले ‘ईश्वर’ शब्द उच्चारण नगरी ‘देश र जनताको नाममा सपथ लिन्छु’ भने ।ओलीले हिन्दुत्वको मुद्दा उठाइरहेको विषय चर्चामा आइरहँदा उनले सपथ लिँदा ‘ईश्वर’ शब्द उच्चारण नगर्नुलाई अर्थपूर्ण मानि एको छ ।
ओली मार्क्सवावादी विचारधाराका हुन् । मार्क्सले धर्मलाई ‘अफिम’ भनेका छन् ।म्युनिस्ट नेताहरुले नै ओलीले धर्म को विषयलाई रणनीतिक रुपमा मात्र प्रयोग गर्दै आएको विश्लेषण गर्दै आएका छन् । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले ओलीले पशुपति र धार्मिक कर्मकाण्ड गरेर भ्रम छरिरहेको बताउँदै आएका छन् ।श्रोत:रिपोर्टर्स नेपाल