संस्मरण/ यात्रा

कोरोना जिते लगत्तै विश्व किर्तिमान कायम गरेका, जाङ्ग्बु शेर्पाले सत्रौँ,पटक सगरमाथा आरोहण गरे।

काठमाडौं –विश्व किर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले सत्रौँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोना बाट सञ्चो भए लगतै १७ औ पटक बहराइनको राजकुमा रको टोली सँगै सगरमाथा आरोहरण गरेका छन् । उनले बैशाख २८ गते मंगलवार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहरण गरेका हुन् ।

“जाङ्ग्बु शेर्पाले सन् २००६ मा ४ मिनेट ४० सेकेन्ड सगरमाथाको चुचुरोमा कपडा नलगाई विश्व रेकर्ड कायम राखेका थिए । बहराइनको राजकुमारको टोली सँगै काठ माडौ बाट अप्रिल ४ तारिक बेश क्याम्प प्रस्थान गरेका थिए ।

“जाङ्ग्बु सगरमाथा बेश क्याम्पमा बिरामी भएका थिए । ज्वरो आउने खोकी लाग्ने समस्या भए पछि उनि अप्रिल २० तारिक हेलीकप्टरमा काठमाडौ आएका थिए । काठ माडौ चेक गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

“जाङ्ग्बु कोरोना संक्रमण भएपछि ६ दिन अस्पतालमा उपचार गरेका थिए भने ६ दिन होमआइसोलेसनमा बेसको थिए ।”कोरोना सञ्चो भए लगत्तै उनि फेरी मे २ तारिक सगरमाथा बेश क्याम्पमा लागेका थिए ।

“कोरोना जिते लगत्तै बेश क्याम्प बाट उनि ४ तारिक बहराइनका राजकुमारको टोली सँग बेश क्याम्प गएर बैशाख २८ गते सगरमाथामा सफल आरोहरण गरेका  थिए । जाङ्ग्बु भन्छन्, कोरोना संक्रमण भएर बिरामी  भए, सञ्चो हुने बित्तिकै सगरमाथा गए ।

“कोरोना जितेर जानु धेरै जोखिम थियो, आत्माबल बलियो बनाएर गएको थियो । कुनै समस्या नभएर राम्रै सँगै सगर माथा आरोहरण गरेर काठमाडौ पुुगेको वताए ।

“उनले सामाजिक सञ्जाल मार्फत कोरोना संक्रमितलाई भने कोरोना जित्न आत्मबल ठुलो हो, आफुले कोरोना जितेर लगत्तै सगरमाथाको चुचुरो पुगेर आएको वताए ।

“कोरोना संक्रमण भए भन्दै आत्माबल कमजोर नबनाउन उनले आग्रह समेत गरेका छन् ।”जाङ्ग्बुले २००३ देखि २०१९ सम्म १६ पटक लगातार सगरमाथा आरोहण गरिसकेका छन् । यो पटक गरेर उनको १७ पटक भएको छ ।

“२०२० भने कोरोनाका कारणले सगरमाथा आरोहरण  गर्न नसकेको उनि बताँउछन् । जाङ्ग्बु पछिल्लो समय सामाजिक सेवामा समेत तल्लिन रहेका छन् । उनले दुुर्गममा रहेको पिडित दु:खि असाहयलाई सहयोग गरिरहेका छन् ।

Facebook Comments Box