स्वास्थ्य

मकालु हिमालबाट संकलन गरियो ४५ सय के.जी. फोहोर

काठमाडौं । दोस्रो चरणको नयाँ भेरियन्टको कोरोनाविरुद्ध नेपाल  लडिरहेको   छ । दैनिक  सयौँले को’रोनाबाट ज्यान गुमाइरहेका  छन् । देशका अधिकांश जिल्लाहरु निषेधाज्ञा मा र  हेका  छन् । सरकारले   अतिआवश्यक   कामबाहेक बाहिर ननिस्कन निर्देशन दिएको छ ।

तर, यहीँ  महामारीको  समयमा  वातावरण सफा रहे ज्यान कुशल रहन्छ  भन्ने  उद्धेश्यका साथ नेपाल आर्मीको समूह, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र विभिन्न संघ संस्थाका व्यक्तिहरु  हिमाल  सफाइ  गरिरहेका  छन्  ।सफा  हिमाल अभियान २०२१’  अन्तर्गत मकालु हिमालबाट हालसम्म ४ हजार ५ सय किलोग्राम (के.जी.) फोहोर संकलन गरिएको छ ।

सफाई  अभियान  टोलीका  सदस्य छिरिङ जाङ्बु शेर्पाका अनुसार मकालु हिमालको आधा र शिविरबाट हालसम्म ४ हजार ५  सय के. जी. फोहोर   संकलन गरिसकिएको छ ।उनले न्यूज  २ ४ नेपाललाई  भने,  ‘विभि  न्न संघसंस्थाको साथमा नेपाल  आर्मीले हाल सफाई अभियान चलाइरहेको छ ।

साथै, हाम्रो  अभियान  सफलताको  नजिकै रहेको सम्पूर्ण लाई  जनाकरी  गराउन  चाहन्छु ।  हाम्रो  लक्ष्य पाँच हजार किलोग्राम  फोहोर संकलन  गर्ने रहेको छ  भने अहिलेसम्म हाम्रो टोलीले ४ हजार ५ सय  सय किलोग्राम फोहोर जम्मा गरिसकेको छौं ।’उनका  अनुसार अब केही दिनमै ५ हजार केजी फोहोर  जम्मा गर्न सफल हुनेछौँ । हाल जम्मा भइरहे को फोहोर  मकालु  हिमालको आधार शिविरअन्तर्गत पहि लो, दोस्रो, तेस्रो, र चौँथो क्याम्पबाट जम्मा गरिएको छ ।

फोहो  संकलनका  क्रममा  जल्ने  फोहोर  उतै व्यवस्थापन गरिएको र नजल्ने फोहोर काठमाडौं ल्याउने योजना रहेको पनि शेर्पाले बताए।हिमाल  सफाइअघि सगरमाथा, ल्होत्से, मकालु,  धौलागिरी,  पुमोरी  र  आमादम्बलम  गरि  ६ वटा हिमालमा सरसफाइ  गर्न लगाएको नेपाली सेनाका प्रवक्ता समेत रहेका  सहायक रथी सन्तोष बल्लभ पौडेलले पत्रका र सम्मेलनमा जानकारी गराएका थिए।

उनका    अनुसा र ६  वटै  हिमालको   बेस   क्याम्प  भन्दा माथिबाट  मात्र १८ टन फोहोर ल्याउन लागिएको छ ।अहि ले चलिरहेको  अभियान  तेस्रो  चरणको अभियान हो । यो अभियान  चैत  २१ देखि जेठ २२ सम्म ३१ दिन सरसफाइ अभियान  चलाइनेछ  ।प्रवक्ता  पौडेलका अनुसार जम्माज म्मी ८४ दिन चल्ने यो अभियानमा तालीमप्राप्त ४० सैनीक सफाइ अभियानमा परिचालन गरिएको छ ।

त्यस्तै, उनीहरुलाई सहयोग गर्नका लागि ६९ जना हिमाली आरोही  शेर्पा परिचालन गरिएको छ ।यस अभियानमा १२ करोड ५०  लाख  खर्च  हुने अनुमानसहित बजेट छुट्याइए को छ ।  जसमा  १०  करोड  बजेट  वन  तथा   वातावरण मन्त्रालयले  उपलब्ध  गराएको  हो भने २ करोड ५० लाख नेपाली सेनाले खर्च गर्न लागेको हो ।श्रोत:news24nepal

Facebook Comments Box