को’रो’नाका बिरामी बढे पछि खोजेको बे ला एम्बुलेन्स नपाएको भन्दै माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले आफूले प्रयोग गर्दै आएको गाडीलाई एम्बु लेन्स बनाएका छन् । उनले ग १ झ ३५६ नम्बरको गाडीला ई को’रो’ना संक्रमित र अन्य बिरामी बोक्नका लागि प्रयोग मा ल्याएका हुन् ।
उनले गाडीलाई एम्बुलेन्सका लागि प्रयोग गर्न दिएको बता ए । ‘संक्रमितको संख्या बढ्दै गयो,’ उनले भने, ‘को’रो’ना संक्रमणको अवस्था भयावह बन्दै जाने अवस्था आएकाले गाडी प्रयोग गर्न लागेको हो ।’ दुर्गमका वडा रहेकाले एम्बु लेन्स सेवा पर्याप्त नहुँदा जनताले दु:ख पाएकाले गाडीलाई एम्ुबुलेन्सका रुपमा प्रयोग गरेको उनले बताए ।
संक्रमितलाई अस्पताल लैजान र अस्पतालबाट ल्याउन समयमा गाडी र एम्बुलेन्स नपाउने समस्या छ ।‘अहिलेको प्राथमिकता संक्रमित र बिरामीको सेवा गर्नु हो,’ उनले भने, ‘बिरामीले एम्बुलेन्स नपाएर मर्नुपर्ने अवस्था आउन हुँदैन भनेर नै मैले आफूले चढ्ने गाडी बिरामी बोक्न प्रयोग मा ल्याएको हो ।’
गाउँपालिकाका बासिन्दाले छिटोछरितो रूपमा सेवा लिन सक्नेछन् । गाउँपालिकामा थप दुई एम्बुलेन्स पनि छ । एम्बुलेन्स र आफ्नो गाडीको नम्बरसमेत अत्याश्यक सेवा का लागि सार्वजनिक गरेका छन् । बढ्दो संक्रमितको संख्या र गम्भीर प्रकृतिका बिरामीहरुले अस्पतालसम्म पुग्न पाउने जटिलतालाई ख्याल गरेर यो निर्णय गरेको उन ले बताए ।
दुई एम्बुलेन्स र अध्यक्ष चढ्ने गाडी २४ सै घण्टा सेवाप्रवाह गर्ने गरी तयारी अवस्थामा राखिएको छ । गाउँपालिकामा १ सय १० जना संक्रिय संक्रमित रहेका छन् । माथागढी कोरोना संक्रमित ६ जनाको मृत्यु भएको छ ।श्रोत:कान्तिपुर