राजनीतिक

राप्रपाद्वारा रा’ष्ट्रिय सभामा नेकपा एमालेका उम्मेदवार बादललाई भोट दिने ‘सहमती,

काठमाडौं ।आगामी जेठ ६ गते हुन गइरहेको राष्ट्रिय सभा मा रिक्त एक सिटको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार  एवं गृहमन्त्री  रामबहादुर थापा ‘बादल’लाई मत दिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहमती गरेको छ । शनिबार  बसेको  राप्रपाको  बैठकले  एमालेका  उम्मेदवार बादललाई मत दिने राप्रपा नेताहरुबीच निर्णय भएको हो।

औपचारिक  निर्णय नभए पनि शनिबार बसेको अध्यक्षत्रय कमल थापा,  पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोह नीसहित  शीर्ष  नेताहरुको  बैठकले  उक्त  सहमती  गरेको बताइएको छ । साथै, नेताहरुबीच  भएको सहमतीअनुसार नै अन्तिम निर्णय गर्न लागिएको पनि बताइएको छ ।

यसअघि बादल वागमती प्रदेशबाट नेकपा माओवादी केन्द्र बाट उम्मेदवार  भई राष्ट्रिय सभामा निर्वाचित भएका थिए। तर,  बादलले  माओवादी दल त्याग गरेसँगै रिक्त रहेको पद मा निर्वाचन  हुन लागेको हो ।उता, नेपाली कांग्रेस र माओ वादी  केन्द्रबाट  डा. खिमलाल   देवकोटालाई  उक्त पदका लागि उम्मेदवार बनाइएको छ।

नेपाल  मजदुर  किसान  पार्टी  (नेमकिपा)  ले  भने आफ्नै पार्टीका कृष्णबहादुर  तामाङलाई उम्मेदवार  बनाएको छ।हाल  बागमती  प्रदेशमा  राप्रपाका  दुई  प्रदेश सांसद रिता माझी र रिना गुरुङ रहेको छन् । दुवै धादिङको रुबी भ्याली गाउँपालिकाका  अध्यक्ष  र  उपाध्यक्ष छन्। उनीहरुको मत भार १ सय ३२ हुन्छ।

यो पनि!  कोभिड  महामारीसँग जुझ्न नेपाललाई आपत्का लीन   सहयोग  आवश्यक  रहेको  विश्व   स्वास्थ्य  सङ्गठन (डब्ल्यूएचओ )का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रे यससले  बताएका  छन् ।शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा.गेहब्रेयससले भारत मात्रै नभई नेपाल,

भियतनाम,  क्याम्बोडिया  , थाइल्यान्ड   र   इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको र आपत्कालीन   सहयोग   आवश्यक  रहेको बताएका हुन् ।अफ्रिका  र  अमेरिका  महादेशका   केही   देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू

सङ्क्रमणसँग   जुझ्न  उच्च  सङ्घर्षको  अवस्थामा रहेको बताएका   छन् ।  संक्रमण   बढ्दै  जाँदा  खोप   आपूर्ति र व्यवस्थापन  अहिलेको  मुख्य चुनौतीका रुपमा रहेको पनि उनले बताए ।  साथै, डा. गेहब्रेयससले  डब्ल्यूएचओले सबै तरिकाबाट  सम्भव  भएसम्म  सहयोगलाई  निरन्तरता दिने बताएका छन् ।श्रोत: news24nepal

Facebook Comments Box