राशिफल

जेठ महिनाको पहिलो दिन तपाईंको भाग्यफल कस्तो छ ? पढ्नुहोस

विसं २०७८ साल जेठ ०१ गते शनिबार । इस्वी सन् २०२१ मे  १५   तारिख ।  नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण ।  ग्रीष्म  ऋतु ।  श्रीशाके १९४२ । वैशाख शुक्ल पक्ष ।  तिथि– तृतीया,  ०५ बजेर  ३४ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– मृगशिरा, ०६ बजेर ४२ मिनेट उप्रान्त आद्र्रा ।

योग –धृती, २४ बजेर ३२ मिनेट उप्रान्त शूल । करण– गर, ०५ बजेर ३४  मिनेट  उप्रान्त  वणिज, १८ बजेर १६ मिनेट उप्रान्त   वालव  ।  आनन्दादिमा –वज्र   योग । चन्द्रराशि–मिथुन । काठमाडौँमा  सूर्याेदय बिहान ०५ बजेर १७ मिनेट मा, सूर्यास्त  बेलुकी  ०६ बजेर ४५ मिनेटमा । दिनमान ३३ घडी ३९ पला । .पु. मत्स्येन्द्रनाथ रथयात्रारम्भ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मुद्दा मामिला तथा अदालतबाट  हुने  फैसला  तपाईंकै  पक्षमा आउनेछन् भने प्रतिस्पर्धीहरूलार्ई  परास्त  गर्दै   अगाडि  बढ्न सकिनेछ । विद्यार्थी वर्गहरूले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्या उन  सक्नेछन्  । पारिवारिक  माहोलमा  दिन  बित्ने   तथा मिष्ठान्न भोजन  ग्रहण गर्ने अवसर जुर्नेछ । तर पनि बाहिरी वातावरण   तथा  मौसमको   ख्याल  गर्नुहोला,  स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृष  (इ, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)आफन्त तथा कुटुम्ब सँगको  सम्बन्ध  सुमधुर  भएर  जानेछ ।  बोलीको  प्रभाव बढ्ने तथा  महत्त्वपूर्ण  काम आज नै फत्ते गर्नु उचित हुनेछ पढाइ  लेखाइमा  राम्रै  प्रगति  भएर  जानेछ । औषधिजन्य तथा   खाद्यान्नसँग   सम्बन्धित   सामानको   उत्पादन तथा व्यापार व्यावसाय  फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिए को  लगानीमा  मन्दी  आउनेछ ।   मायाप्रेममा   विश्वासको वातावरण बढ्नेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउ न सकिनेछ  । मायाप्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवार तथा  आफन्तबीचको  सम्बन्धमा सुधार भएर जाने छ । राजनीति  तथा  समाज सेवामा जनताको गतिलो सम र्थन  प्राप्त  हुनेछ ।  सामाजिक  सञ्जाल  तथा  प्रविधिको प्रयोगमार्फत  आफ्ना  भनाइ  वा लेख जनमानसमा लैजान सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे,  डो) अरूको   काममा समय बित्ने  तथा  अरूको  काम गर्न खोज्दा आफ्नो काम थाँती रहनेछ । व्यापार  व्यावसायमा  प्रशस्त समय लगानी गर्दा पनि आम्दानी  थोरै हुनेछ । विदेशमा उत्पादित सामान को व्यापार  व्यावसाय  फस्टाएर  जानेछ । सामान्य आँखा सम्बन्धी  समस्याले  सताउन सक्छ ध्यान दिनुहोला । बाहि री  वातावरण  तथा  मौसमको ख्याल गर्नुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह  (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) आफन्तजन   तथा दाजुभाइबाट   प्रशस्त  सहयोग  पाइनेछ   ।  माया   प्रेममा सामीप्यता  बढेर   जानेछ ।  औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धि त सामानको   उत्पादन   तथा   व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दी आउनेछ   । परिवार  तथा  सन्तानको  प्रगतिमा  मन प्रशन्न हुनेछ । विद्यामा तपाईंले गरेको मिहिनेत खेर जानेछैन ।

कन्या  (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)  पढाइ   लेखाइमा ध्यान केन्द्रित  हुनेछ  भने  मिहिनेत गर्दा महत्त्वपूर्र्ण उपल ब्धि हासिल गर्न सकिनेछ ।  राजनीति तथा समाज सेवामा जनताको  साथ  तथा  समर्थन  रहने  हुनाले  पद पाप्तिको गतिलो  योग  रहेको  छ ।  दैनिक  उपभोग्य  वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसा य फस्टाएर  जानेछ । समयले साथ दिने हुनाले अन्य बौद्धि क क्रियाकलापमा पनी ध्यान जानेछ ।

तुला  (रा, री, रु, रे, रो, ता, ती, तू, ते) सामाजिक काम गर्न सकिने  हुनाले  मान  मर्यादामा   वृद्धि  हुनेछ ।  सामाजिक उत्तरदायित्वमा  वहन  गर्नुप र्ने   समय  रहेको   छ । दैनिक उपभोग्य  वस्तु,  औषधि तथा  अनलाइनबाट  सप्लाई  हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा तपाईं  अरूभन्दा अब्बल हुनुहुनेछ । सरकारी तथा प्रशासनिक काम समयमा सम्पादन गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यू)आउने ठाउँबाट रुपैयाँ  पैसा  नआउनाले  बनाएका योजना थाती हुनेछन् । व्यापारमा  उधारो लगेर नतिर्नेहरू हाबी हुनेछन् भने आम्दा नी  नहुनाले  दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तिक्तता आउने  तथा  दाम्पत्य  जीवनमा  एकअर्कालाई  शङ्काको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थि तिको   राम्रोसँग  अध्ययन   गरेर  मात्र कुनै काम गर्नुहोला, काम  बिग्रन  सक्छ ।  तर पनि बैङ्क तथा सेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) औषधीजन्य तथा खाद्यान्नसँग  सम्बन्धित  सामानको   उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगा नीमा  मन्दी आउनेछ ।  पढाइलेखाइमा सफलता प्राप्त हुने छ । माया  प्रेममा  एकअर्काको  भावना  बुझ्न सकिने हुँदा एउटै  बाटो  हिँड्न  सकिनेछ । तर  पनि बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला,  स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर  (भो, जा , जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) सत्रु  तथा  प्रतिस्पर्धीलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो  उपलब्धि  हासिल  गर्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत  अध्ययनलाई  निरन्तरता  दिन सकिनेछ । मायाप्रेम तथा  मित्रताको  बन्धन  कसिलो  भएर  जानेछ  भने मामा तथा मावली पक्षबाट  तपाईंको  काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा) सेयर बजार तथा चिठ्ठाको  व्यावसाय   फस्टाएर   जानेछ  भने खाद्यान्न तथा मेडिकल  व्यावसायमा  लगानी  गरी  धनसम्पत्ति  कमाउन सकिनेछ ।  माया  प्रेममा  नजिक  हुने समय रहेको छ भने आत्मीय  मित्रको  साथ  रहने  हुनाले  महत्त्वपूर्ण उपलब्धि हासिल गर्न  सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा सहयोग हुने हुँदा मन प्रसन्न  रहनेछ । सन्तान तथा छोराछोरीको  सहयोगले  राम्रा  तथा  उपलब्धिमूलक काम गर्न सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) राजनीतिकर्मी तथा समाजसेवीहरूले  जनताको  काम  गर्न  सक्दा  मात्र मान, सम्मान, इज्जत, प्रतिष्ठामा वृद्धि भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलब्धिमूलक नतिजा नआए पनि आगामी दिनमा काम गर्न  सहज हुनेछ  । आमा सरहका मानिससँग टाढिएर  देश   परदेशको  यात्रा   गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा  पशुपालन  व्यावसायलाई समय सापेक्ष आधुनि कीकरण गरी मनग्य लाभ लिन सकिनेछ ।श्रोत:रातोपाटि

Facebook Comments Box