काठमाडौँ, जेष्ठ ३१ – धादिङको इजारा र सिस्नेखोलामा मंग लबार भएका छुट्टाछुट्टै दु,र्घटनामा दुई जनाको मृ,त्यु भएको छ । धादिङको निलकण्ठ नगरपालि का–३ इजारामा बा १८ च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका–१ जुरे थुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
दुर्घटनामा १७ जना घा,इते भएका छन् । उनी हरुको धादिङ अस्पतालमा उपचार भइरहेको डा मधुकर दाहालले जानकारी दिए ।
उकालो बाटोमा क्षमताभन्दा धेरै यात्रु र सामान बोकेका कारण जिप दुर्घटना भएको हुनसक्ने बताइएको छ ।
यस्तै त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीवेसी नगरपालि का– ९ सिस्नेखोला सुरुङ मार्गमा ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
नौबिसेबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ७३८६ नम्बरको मालवाहक ट्रक सोही दिशातर्फ जाँदै गरेको बा ३ क ३४०४ नम्बरको मिनी ट्रक
र बा ८२ प ५६४५ नम्बरको मोटर साइकलसँग ठोक्किँदा एक युवाको ज्यान गएको प्रहरीले जनाएको छ ।
उक्त दु,र्घटनामा धादिङको निलकण्ठ नगरपा लिका–१२ का ४४ वर्षीय यमबहादुर मगरको मृत्यु भएको हो ।
दु,र्घटनामा घा,इते निलकण्ठ नगरपालिका–८ का गणेश श्रेष्ठको काठमाडौंमा उपचार भइरहेको छ ।