काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले पदको दुरुपयोग गर्दै पीएसओसहित दलबल लगेर एकराज बस्नेतकी श्रीमती र छोरीमाथि हातपात गरेको घटना को चौतफी आलोचना शुरु भएको छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय र माओवादी केन्द्रले भने यसबारे अहिलेसम्म चुइक्क बोलेको छैन । एकराजको घरमा प्रवेश गरी हातपात गरेको भिडियो सार्वजनिक हुँदा
पनि माओवादीबाट कुनै जवाफ नआएको भन्दै सर्वसाधारणहरु आक्रोशित भएका छन् ।नाबा लिकामाथि हातपात गर्ने वलीलाई कडा कारबा ही हुनुपर्ने माग उठिरहेका बेला नेपाली
रेडियो नेटवर्कले वरिष्ठ अधिवक्ता दिनेश त्रिपा ठीसँग कुराकानी गरेको थियो । त्रिपाठीका अनुसार यो घटनालाई गहिरो रुपमा अध्ययन आवश्यक छ ।
अर्काको श्रीमती, छोरी छ भन्ने थाहा हुँदाहुँदै प्रेमी बनाउने र हातपात गर्ने विषय ज्यादती रहेको उहाँको भनाइ छ ।
विमला वलीलाई हातपात र बहुविवाहको मुद्धा दर्ता गर्न मिल्ने त्रिपाठीको भनाइ छ । राज्यश क्तिको दुरुपयोग गरी हातपात गर्नु गलत भएको भन्दै त्रिपाठीले एकराज बस्नेतमाथि पनि कार बाही हुने बताउनुभयो ।
भिडियो हेर्नुहोस् :