एक्सक्लुसिभ भिडियो ताजा समाचार

मन्त्रीको बा’हिरियो का‘ण्ड(भिडियो सहित)

मन्त्री विमला वलीको का‘ण्ड बा‘हिरियो( भिडियो सहित) दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’

“को घरमै छिरेर आतंक मच्चाए पछि प्रहरीले उनलाई नियन्त्रण मा लिएर जिप्रका तुलसीपुरमा पुर्याएको हो मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको

तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् ।घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई

समेत हातपात गरिन् । उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको र पर्दा च्यातेकाे बताइएको छ ।घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई

खबर गरेका थिए । इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको छ ।गत वर्षको भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराज लाई

चुम्बन गरिरहेको फोटो पोष्ट गरेकी थिइन् । उक्त तस्वीर सहितको समाचार नेपाल प्रेसमा प्रकाशित भएपछि विमला र एकराजले फोटोसप गरिएको दावी गरेका थिए ।

साथै एकराज आफ्नो भाइ पर्ने विमलाले बताएकी थिइन् ।विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी हुन् । नेपाल प्रेेस बाट

Facebook Comments Box