एक्सक्लुसिभ भिडियो ताजा समाचार

बालेन शाहको पक्षमा थामिनसक्नुको भिड लियो उग्ररूप (हेर्नुस भिडिओ)

भिडिओ समाचारको अन्त्यमा राखिएको छ हेर्नुस!!काठमाडौं मतगणनाः बालेन शाहको सुरूवाति अग्रताकाठमाडौं । काठ माडौं महानगरपालिकाको मतगणना अगाडि बढेको छ । वडा नम्बर १ र ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् ।

स्रोतका अनुसार वडा नम्बर १ मा कांग्रेसकी सिर्जना सिंहले ८ भोट ल्याउँदा बालेन शाहले ७ भोट ल्याएर उनलाई पछ्याएका छन् । वडा नम्बर ३२ मा भने बालेनले ८ भोट ल्याउँदा कांग्रेस र एमालेलाई १-१ भोट मात्रै खसेको छ ।

समग्रमा बालेन शाहले १५ मत ल्याउँदा सिर्जना सिंहले ९ मत ल्याएर पछ्याइरहेकी छन् ।

यो पनि,,चुनावी परिणामले देशभर राप्रपाको शक्ति बढेको देखायो काठमाडौं, ३१ वैशाख । देशभरको प्रारम्भिक चुनावी परिणामले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थितिमा व्यापक सुधार आएको देखिएको छ ।

राप्रपाले केही पालिकाहरुमा अग्रता लिएको छ । केहीमा उसले मुख्य दललाई कडा चुनौती दिइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगरपालिकामा राप्रपा दोस्रो स्थानमा छ । बुटवल उपमहानग रपालिकामा पनि राप्रपा दोस्रो स्थानमा छ ।

रुपन्देहीको एउटा पालिकामा राप्रपा अग्रता लिन सफल छ । काठमाडौंको शंखरापुरा नगरपालिकामा राप्रपाले सुरुवाती अग्रता लिएको छ ।

काठमाडौं उपत्यकाका पालिकाहरु, प्रदेश १, तराई र पश्चिम नेपालका पालिकाहरुमा पनि राप्रपाको मत सुधारिएको देखिएको छ ।

राजेन्द्र लिङ्देन अध्यक्ष बनेपछि राप्रपाको शक्ति बढेको आँक लन गरिएको थियो । चुनावी परिणामले राप्रपा बलियो बनेको देखाएको छ ।-

Facebook Comments Box