ताजा समाचार राजनीतिक

साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समाप्त हुन्छ, जित्ने मैले हो: केशव स्थापित

काठमाडौँ / महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले साँझ ८ बजेपछि बालेन शाहको चुरीफुरी समा प्त हुने बताएका छन् । सुरुवाती मत परिणामबाट हौसिएका बालेन शाहका कार्यकर्ताहरुले

साँझबाट राष्ट्रियसभा गृह वरपर मुख समेत देखाउन नसक्ने अवस्था आउने दावी गरेका हुन् ।सुरुवाती मत गणनामा केशव स्थापित दोस्रो स्थानमा छन् भने पहिलो स्थानमा बालेन शाह र तेस्रो स्थानमा काँग्रेसकी उम्मेदवार श्रृजना सिंह रहेकी छिन् ।

यो पनि,,काठमाडौं महानगरपालिका : मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता काठमा डौं महानगरपालिका     को मेयर पदमा स्वतन्त्र उमेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोले सुरुवाती अग्रता लिएका छन्।

स्वतन्त्र उम्मेदवार बालेनले गठबन्धनका तर्फबाट मेयर पदका उमेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका उमेदवार केशव स्थापितलाई पछि पारेका हुन्।गठबन्धनबाट उपमेयरका उम्मे दवार रामेश्वर श्रेष्ठलाई पछि पार्दै डंगोलले अग्रता लिएकी छन्।

अहिले काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ। दुवै मतदानकेन्द्रको ७० मत गन्दा डंगोलले ५० भन्दा बढी मतले श्रेष्ठलाई पछि पारेकी छन्।

थप,स्थानीय तहको निर्वाचनमा पर्सा जिल्लामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको छ ।

धोबिनी गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा जित हात पार्दै कांग्रेसले जितको खाता खोलेको हो । उक्त वडाको वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार बन्धु साह तेली निर्वाचित भएका हुन् ।

तेलीले ४ सय ७७ मत पाएका हुन् । उनका निकटतम प्रति द्वन्दी जसपाका उम्मेदवारले ४ सय ७७ मत मात्रै पाएका छन् । उक्त वडामा महिला सदस्य ,

दलित महिला सदस्य र खुल्ला एक सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् भने बाँकी एक खुल्ला सदस्यमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।

Facebook Comments Box