ताजा समाचार राजनीतिक

गठबन्धनकै भयो बेईज्जत, ९ सय गन्दा पायो जम्मा १२ मत

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा पाँच दलिय गठबन्धनका उम्मेदवारको हरिबिजोग भएको छ ।

काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवारको अग्रता देखिएको हो । नौ सय मत गणना हुँदा स्वतन्त्र उमेदवार बिदुर बहादुर बस्नेतले अग्रता लिएका छन् ।

बस्नेत नेपाली कांग्रेसको नगर सभापति थिए । उनले गठबन्ध नको विरोधमा स्वतन्त्र उमेदवारी दिएका थिए । उनै बस्नेतले अहिलेसम्म अग्रता हासिल गरेका छन् । नौ सय मत गणना गर्दा उनले ४०६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका उमेदवार अशोक कुमार ब्यान्जुले ३४३ मत प्राप्त गरेका छन् भने गठबन्धनका आधिकारिक उमेदवार दयासागर श्रेष्ठले जम्मा १२ मत प्राप्त गरेको पत्रकार मोति राम तिमिल्सिनाले जानकारी दिए ।

डोकोबाटै भोट दिएर सदाका लागी बिदा भय खड्का ! जा जरकोटको जुनिचादे गाउँपालिका ४ का ७४ वर्षीय सार्के खड्काको शुक्रबार

स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयमै मृत्यु भएको छ । मतदानका लागि उनलाई डोकोमा मतदान केन्द्रसम्म ल्याइएको थियो ।

उनका छोरा भीमबहादुर खड्का जुनिचादे ४ बाट वडाध्यक्षका उम्मेदवार थिए । मत दिएको केही मिनेटमा नै उनको मृत्यु भएको नाति रेशम खड्काले बताए ।

Facebook Comments Box