ताजा समाचार राजनीतिक

देशकाे राज’नीति बाहिरी पार्टीकाे हातमा नजाओस् भन्ने प्र’यासमा छाैँ : उपेन्द्र यादव

काठमाण्डाै । जनता समाजवादी पार्टीका अ’ध्यक्ष उपेन्द्र यादवले राज’नीतिको कोर्स करे’क्सन हुनुभन्दा थप गिजोलिएको प्र’तिक्रिया दिनुभएको छ । प्रधा’नमन्त्री केपी शर्मा ओलीवि’रुद्ध वैक’ल्पिक सरकार गठनको दिशामा अघि बढ्नुभएका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा देशकाे राजनीति थप अनि’श्चिततातर्फ धकेलिएको प्रतिक्रिया दिनुभएको हो । शुक्रवार सङ्घीय सं’सद् भवन नयाँ बानेश्वरमा को’भिड १९ वि’रुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आफूहरू देशलाई सही बाटोमा हिँडाउन र देशकाे राजनीति देशका पार्टीकाे हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताउनुभयो ।

प्रधानमन्त्रीका अभिव्यक्ति संसद्लाई भ’ङ्ग गरेर देशलाई अनि’श्चितता र अन्याेलतर्फ लैजाने खालका भएको दाबी उहाँले गर्नुभयो ।। नेता यादवले भन्नुभयो राजनीतिको कोर्स करेक्सन भएन । गिजोलियो । गिजोलिँदै जाँदाखेरी अझै नेपालको राज’नीति दिशा’हिनता, अनि’श्चितता र अन्याेलतर्फ धकेलिएको छ । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि ग्रहण लाग्ने र धरापमा पर्ने काम हुँदै गएको छ । त्यसैले आउने दिनमा लोक’तन्त्र धरा’पमा पर्ने र आउँदो पुस्ताले फेरि सङ्’घर्ष गर्नुपर्ने हो कि भन्ने आ’शङ्का उत्’पन्न भएको छ ।

 

यो पनि पढ्नुहोस:

संविधान र लो’कतन्त्र क’मजोर पार्ने प्रवृ’तिवि’रुद्ध सं’घर्ष जारी रहन्छ : प्रचण्ड

काठमाडौं । नेकपा मा’ओवादी के’न्द्रका अध्य’क्ष पुष्पकमल दाहाल ‘प्र’चण्ड’ ले सं’विधान र लो’कतन्त्र कमजोर पार्ने प्रवृ’त्तिसँगको सं’घर्ष जारी रहने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार वि’रुद्ध बैक’ल्पिक सरकार गठनको प्रयासमा लागेका मा’ओवादी के’न्द्रका अध्यक्ष दाहालले ओली पुन प्रधा’नमन्त्री बनेपछि सञ्चारकर्मीलाई सं’क्षिप्त प्रतिक्रिया दिँ’दै सं’विधान र लोक’तन्त्रको पक्षमा निर’न्तर ख’बरदारी गर्ने बताएका हुन् । उनले प्रतिपक्षको हैसियतले सरकारबाट भएका गलत कामको आ’लोचना गर्दै जनतालाई राहत दिने र संविधान र राष्ट्रको ब’चाउको पक्षमा निरन्तर सं’घर्ष गर्ने उल्लेख गरे । सरकार गठनमा नेकपा एमालेको नेपाल खनाल समूहबाट धोका भएको हो भन्ने जिज्ञा’सामा उनले अहिले नै धो’का भयो भनेर टि’प्पणी गर्न नचाहेको प्रतिक्’रिया दिए ।

उनले भने– “चु’नौतिपूर्ण पनि छ सम्भावना पनि छ । हामी आफ्नो ढं’गले अघि बढ्छौ । संविधान र लोक’तन्त्रको र’क्षाको नि’म्ति । संविधान र लोकतन्त्र कम’जोर पार्ने प्रवृ’त्तिसँगको हाम्रो सं’घर्ष जारी रहन्छ । प्रतिपक्षीको हैसियतले गलत कामको आलोचना हुन्छ । जनताको राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा हामी निरन्तर संघ’र्षमा हुन्छ । अहिले म धोका भन्ने श’ब्द त प्रयोग गर्न चाहन्न । किनभने अहिले भ’र्खर पनि हामी कुरा गर्दैछौ । उहाँहरुभित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरु आफु पनि सं’विधान र लोकतन्त्रको पक्षमा सं’घर्षरत नै हुनु भएकाले अहिले नै धोका दिनुभयो भन्ने श’ब्द ब’ढी हुन्छ भन्ने लागेको छ ।

 

म आशा गर्छु उहाँहरु सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु । ”उनले असंवैधानिक ढंगले हुने निर्वाचनको विरोध गर्ने बताए । उनले भने, ‘संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको निम्ति पार्टी जहिले पनि तयार हुन्छ । संविधान विरोधी भयो भने मात्रै हाम्रो विरोध हुने हो । आलोचना हुने हो । संविधानअनुसार हुने चुनावमा हाम्रो सहभागिता हुन्छ ।”

Facebook Comments Box