ताजा समाचार हाईलाइट

हाम्राे पु’रानै अडान यथावत छ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरि’ष्ठ नेता माधव कुमार नेपालले पार्टी एक’ताका लागि आफुहरु पु’रानै अडानमा यथावत रहेको बताएका छन् ।  पछिल्लो समय पार्टी अध्’यक्ष एवम् प्र’धानमन्त्री केपी शर्मा ओलीसँग सघन छलफलमा रहेका नेता नेपालले आफ्ना अडा’नमा ओली सहमत भएपनि पार्टीको मोडालिटीबारे भने टुंगो लागिनसकेको बताएका हुन् । उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफुहरुको मागमा अध्’यक्ष ओली सहमत भएको पनि जा’नकारी दिए ।

उनले भने “ फागुन २८ गतेको निर्णय फिर्’ता लिने र जेठ २ गतेको अवस्था पुराउने हाम्रो बटम लाईन थियो । त्यसमा हाम्रो पार्टी अध्यक्ष एवं केपी शर्मा ओली सहमत हुनुभएको छ । पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ । त्यसमा पनि केही स्प’ष्टताहरुको आवश्यकता पर्ला । छलफल गरेर टुंग्याउने छौ ।”अध्यक्ष ओलीले मनोमानी ढंगले पार्टी चलाएको, संविधान विपरित प्रति’निधिसभा विघटन गरेर प्रति’गामी कद’म चालेको भन्दै ख’रो विरो’धमा उत्रिएका नेता नेपाल समुहले ओली सरकारको विरु’द्ध बन्न लागेको संयुक्त सरकार गठन प्रक्रि’यालाई सघाइरहेको थियो ।

नेता नेपाल खनाल समुहका सां’सदहरु प्रधानमन्त्रीले वि’श्वासको मत लिने बैशाख २७ गतेको दिन प्रति’निधिसभाको बैठकमा पनि अनुप’स्थित भएको थियो । तर सं’युक्त सरकार गठनका लागि दिइएको समय सकिनै लाग्दा अध्यक्ष ओली र नेता नेपालबीच नाटकीय ढं’गमा सहमति भएको थियो । सोही सहमति अनुसार नेपाल खनाल पक्षले प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने भएपछि संसदमा ठूलो दलको हैसियतले शुक्रबार प्रधा’नमन्त्रीमा पुन ओली नै नियुक्त भएका हुन् ।

यो पनि पढ्नुहोस:

उद्घाटन भएका भयै भएर मान्छे आत्तिएका छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको विकास निर्माणका कामले केही मानिसहरु आत्तिएको टिप्पणी गरेका छन् । शुक्रबार बालुवाटारबाट भर्चुअल माध्यमबाट गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आलोचनाहरूमाथि टिप्पणी गर्दै सो कुरा बताएका हुन् ।‘हुन त कतिपय मान्छेहरुले केही पनि काम भएन भनिरहेका छन् । एकातिर केही पनि काम भएका छैनन् भनिरहेका छन्, अर्कातिर लगातार निर्माण कार्यहरु सम्पन्न भएर उद्घाटनका कामहरु भएका भयै छन् ।

त्यससँग आत्तिएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘धरहरा निर्माण कार्य सम्पन्न भयो । त्यहाँ गाडीको पार्किङ र गार्डेन तयार भएको छैन त्यो बेग्लै पार्ट हो ।’उनले आफुले धरहरा निर्माण सम्पन्न भएर उद्घाटन गरेको विषयलाई नकारात्मक अर्थमा टिप्पणी भइरहेको भन्दै सकारात्मक भावनाबाट सञ्चालित हुन जरुरी रहेको बताए । ‘हामीले धरहरासँग बसपार्क, वा पार्किङलाई जोडेका हौंला तर त्यो बेग्लै कुरा हो । त्यसको उद्घाटनको सन्दर्भमा पनि कुनै विषय नपाएपछि मानिसहरुले तयार नहुँदै उद्घाटन भन्न भ्याए’ प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘यसमा पनि त्यसो भन्न सक्छन् । अझै त्यहाँ जाने बाटोको विस्तार भएको छैन होला बाटो नभई उद्घाटन गर्यो भनेर । जसको आदत नै नकारात्मक टिप्पणी गर्नु हो । कुनै सकारात्मक कुराको स्वीकारोक्ती वा प्रशंसा नगर्नु उनीहरुको आदत भइसकेको छ’, प्रधानमन्त्रीले आफ्नो आलोचना गर्नेहरुलाई जवाफ दिए । प्रधानमन्त्रीले कोभिड विरुद्धको लडाईमा सफलता प्राप्त गर्न सकिने भन्दै सम्मेलन केन्द्रलाई विकासको एउटा सिँढी थपिएको दावी पनि गरे ।

 

Facebook Comments Box