राजनीतिक

मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलियो : रामचन्द्र पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय  बाटोमा धकेलिएको टिप्पणी गरेका छन् ।प्रतिनि धिसभामा विश्वासको मत लिन  नसकेका प्रधानमन्त्री केपी शर्मा ओली नै  पुन:  प्रधानमन्त्री बन्ने अवस्था श्रृजना हुनुले कयौं संशय उब्जाएको उनले बताए।

शुक्रबार  संघीय  संसद  भवन नयाँ बानेश्वरमा कोभिड–१९ विरुद्धको खोपको दोश्रो डोज लगाएर बाहिरिँदै गर्दा सञ्चा रकर्मीलाई  संक्षिप्त  प्रतिक्रिया दिँदै उनले मुलुकको राजनी ति रहस्यमय  बाटो अघि  बढेको  र सयौं संशयहरु उब्जाए को बताएकाहुन्। उनले अझै पनि संसद विघटन गर्ने प्रयत्नै अझै पनि जारी नै रहेको दाबी गरे।’

झन  रहस्यमय  बाटोतिर   जाँदै  छ। धेरै  संशयका कुराहरु छन्। पहिलो  कुरो त   संसदलाई  फाल्ने  प्रयत्न अझै पनि जारी   छ। त्यो  कुरा  कसरी  समाधान  हुन्छ। संसदले पूरा आयु बाँच्न  पाउँछ   कि पाउँदैन।  संविधानले बाँच्न पाउँछ कि  पाउँदैन।  जनताले  बाँच्न  पाउँछ  कि  पाउँदैन’, उनले भने,’यस्तो को’रो’ना छ। यो को’रो’नाको बीचमा लगेर फेरि तमासाहरु  हुन थाल्यो भने फेरि जनता नै बाँच्ने कुरा आउँ छ। त्यसकारण जनता बाँच्ने कुराको पनि चिन्ता छ।’

यो पनि!  पार्टी विवाद हल गर्ने सहमति गरेका एमाले अध्य क्ष केपी शर्मा  ओली र वरिष्ठ नेता माधवकुमार नेपाल शुक्र बार पनि छलफलमा  बस्ने भएका छन् । साँझ हुन लागेको बैठकमा कार्यदल  सदस्यहरु पनि सहभागी हुने एक नेताले जानकारी  दिए  ।‘अन्तिम  समयमा  स्थगित नभए पहिलो चरणमा  केपी  ओली  र माधव  कमरेडसहित  कार्यदलको बैठक  आजै  साँझ   साढे ६ बजे तिर बस्ने भन्ने भएको छ, तीनेताले भने।

ओली  र  नेपालबीच  बिहीबार भएको एक्लाएक्लै वार्तामा पार्टीको  विवाद   समाधान  गर्न  कार्यदल  बनाएर अगाडि बढ्ने  सहमति  भएको  थियो। कार्यदलमा दुई सदस्य पछि थप गर्ने गरी ओलीले आफ्नो पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंक र पोखरेलको  नाम तय  गरेका थिए।नेपालले आफ्नो  पक्षबाट  भीम रावल , घनश्याम  भुसाल,  गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्तको नाम तय गरेका थिए।

साँझ   बस्ने  बैठकमा  यिनै   नेताहरु सहभागी हुने भएका छन्। नेता नेम्वाङले पनि  साँझ साढे ६ बजेतिर बैठक बस्ने जानकारी दिए।पार्टी एकता जोगाउन एमालेलाई ०७५ जेठ २ को अवस्थामा  फर्काउनुपर्ने  र २८ फागुनयता संस्थापन पक्षका निर्णय  खारेज  हुनुपर्ने  नेपाल  समूहको मुख्य सर्त छ।यी सर्तमा कार्यदलले समाधान खोज्ने सहमति भएपछि अन्तिम  समयमा  नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको थियो।श्रोत:कान्तिपुर

Facebook Comments Box