एक्सक्लुसिभ भिडियो ताजा समाचार

एमालेका वडाध्यक्षहरुले नटेरेपछि बाले शाहकै शैलिमा अघि बढे धरानका मेयर

काठमाडौं । धरान उपमहानगरपालिकाको कार्यपालिकामा नेकपा एमालेको बहुमत रहेको छ ।यही कुराको फाइदा उठाउदै उमहानगर कार्यपालिका बैठकमा खोला उत्खनन्

सम्बन्धी निर्णयमा अवरोध गरेपछि स्वतन्त्रबाट मेयर बनेका हर्क साम्पाङ काठमाडौं महानगरपालिकाका मेयर बालेन साहकै स्टाइलमा अघि बढेका हुन् ।धरान उपमहा
नगरपालिकाका मेयर साम्पाङ्गले अब उप्रान्त हरेक कुरा पारदर्शी बनाउने बताएका छन् । जनताको सुूचनाको हकलाई सम्मान गर्दै हरेक कुरा लाइभ (प्रत्यक्ष प्रशारण)

हुने र जनताले चाहेको सार्वजनिक सूचना सबैले सहजै प्राप्त गर्ने बताएका हुन् ।मेयर साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुक पेजमा पोष्ट गर्दै यस्तो भनेका हुन् ।
‘हरेक कुरा लाइभ हुनेछ आइन्दा जनताले मागेका जुनसुकै सार्वजनिक सूचना दिइनेछ । कसैले लुकाउन चाहे मलाई भन्नू ।’भन्दै उनले पोष्ट गरेका छन् ।यस्तै मेयर साम्पाङले

राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिएर हाले मेयरमा निर्वाचित साम्पाङले त्यसका लागि गृहकार्य भइरहेको
जानकारी दिएका छन् । महावीर पुनको अगुवाइमा काठमाडौं कीर्तिपुरमा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनमा रहेको छ ।वैज्ञानिक, स्टार्टअप तथा उद्यमशीलताको

क्षेत्रमा खोज, अनुसन्धान र विकास गर्ने उद्देश्यका साथ आविष्कार केन्द्र सञ्चालनमा आएको हो । स्थानीय स्तरमा समेत त्यसको आवश्यकता महसुस गर्दै धरानमा

समेत त्यसको शाखा खोल्ने योजना मेयर साम्पाङले बनाएका हुन् ।

Facebook Comments Box