काठमाडौं संम्भवता सधै चर्चा र विवादको विचमा रहने नेता हुन माधव नेपाल हरेककुराहरु लाई यो मेरो सपना थियो मैलेेल्याए को भिजन भन्दै हिड्ने नेपालले यस पटक
भोट माग्दा गंम्भिर त्रुटी गरे उनले पुरानै पाटीको नाम भन्दै सुर्यमा मतदान गरौ भने र तत्काल क्षमायाचना गरि माफी मागेका छन र सुर्य चिन्नको लोगो पनि मैले ल्याएको समेत
भनेका छन थप प्रसंग र भिडियो अन्तिममा राखिएको छ।अब थप समचार सांसद पद थमौती गर्न माग गर्दै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले
दायर गरेको रिट फेरि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको
थियो।यसअघि १० चैत २०७८ मा पनि रिटको सुनुवाइ ुहेर्न नभ्याइनेु सूचीमा राखिएको थियो । नेपालले एमाले वरिष्ठ नेताको हैसियतबाट ९ वैशाख २०७७ मा रिट दायर
गरेका हुन् । अन्य रिट निवेदकहरू भने भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल हुन् । हाल नेपालबाहेक सबै एमालेमै छन् । उनीहरूले रिटमार्फत सर्वोच्च अदालतको
२३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी चलाएर ओलीले राजनीतिक जीवन नै समाप्त गर्ने दूराशयपूर्ण मनो भावना राखी सांसद पदबाट हटाउन खोजेको उल्लेख गरे
का छन् ।२८ फागुन २०७७ र ७ चैत २०७७ तथा ६ वैशाख २०७८ मा एमालेले गरेको निर्णय र सोही” निर्णयलाई नै। आधार मानेर ओलीले कारबाही गर्न लागेको पनि उल्लेख
छ । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी लाई कामकाज गर्न दिन रिटमार्फत उनीहरूले परमादेश पनि माग गरेका थिए ।१३ वैशाख २०७८ मा न्यायाधीश
प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीको नाम मा कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि रिटको पेसी १० चैत २०७८ मा तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’ भनियो ।