राजनीतिक

प्रधानमन्त्रीमा ओली पुनः नियुक्त, शुक्रबार २ बजे शपथ

राष्ट्रपति   विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधान मन्त्री  पदमा  पुनः नियुक्त  गरेकी  छन् । संविधानको धारा ७६  को  उपधारा ३  अनुसार  प्रतिनिधिसभाको  सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा  नियुक्त  गरिएको  राष्ट्रपति कार्यालयका प्रव क्ता रुपनारायण भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री   ओलीले  बैशाख  २७  गते   प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सकेका थिएनन्। त्यसपछि स्वतः पदमुक्त  भएका   ओली  दलहरूलाई  बहुमतको   सरकार बनाउन  राष्ट्रपतिले  दिएको  तीन  दिनको समयमा कसैको दाबी नपरेपछि पुनः प्रधानमन्त्री नियुक्त भएका हुन्।

राष्ट्रपतिज्यूले  संविधानको  धारा   ७६  उपधारा ३ अनुसार प्रधानमन्त्रीमा   प्रतिनिधिसभाको  सबैभन्दा  ठूलो   दलका नेता केपी  शर्मा  ओलीलाई  नियुक्त गर्नुभएको हो,’ प्रवक्ता तथा  सहसचिव  भट्टराईले  भने।ओलीलाई शुक्रबार शपथ दिउँसो  गराउने  तयारी  भइरहेको  उनले  बताए। ‘शपथ २ बजेतिर गर्ने तयारी छ, ‘ प्रवक्ता भट्टराईले भने।यो पनि! पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री मा केपी शर्मा  ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । प्रतिपक्षी  दलहरूबीच समझदारी नहुँदा बहुमतको सरकार गठन हुन नसकेको  अवस्थामा जनता समाजवादी पार्टीका संघीय  परिषद् अध्यक्ष डा. भट्टराईको उक्त प्रतिक्रिया आए को हो ।

भट्टराईले  बिहीबार  समाजिक  सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अदालत , संसद्,  मिडिया , आम जनताले तिरस्कार गरेका ओलीको  विकल्प खोज्नैपर्छ । सबैले आत्मसमीक्षा गरौं ।’प्रतिपक्षी  दलहरूबीच  वैकल्पिक  सरकार  गठनका लागि एकता  हुन नसक्नु  र  ओलीको  विकल्पमा सरकार गठन  हुन  नसक्ने  अवस्था  बन्नुलाई  भट्टराईले  बिडम्बना भनेका छन् ।

‘जनतालाई को’रोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार  दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ,’  भट्टराईले  लेखेका छन्  , ‘सिद्धान्तहीनता,  खुराफात, किनबेचमा  पतन  भएको  नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन् ।’प्रधानमन्त्री ओलीले बैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत गुमाएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ९ बजेसम्मका लागि  संविधानको  धारा  ७६  उपधारा  २  अनुसार दुई वा दुईभन्दा बढी राजनीतिक दलहरूलाई  प्रधानमन्त्रीमा दाबी पेस  गर्न  समय  दिएकी  थिइन् । तर, प्रतिपक्षी दलहरूमा समझदारी हुन नसक्दा वैकल्पिक सरकार बन्न सकेन ।अब संविधानको  धारा  ७६  उपधारा   ३  अनुसारको  संसद्को सबैभन्दा  ठूलो  दलको   नेतृत्वमा सरकार गठनको तयारी भइरहेको  छ   । उक्त  व्यवस्थाअनुसार  ओली पुनः प्रधान मन्त्री बन्नेछन् । श्रोत:कान्तिपुर

Facebook Comments Box