राजनीतिक

प्रधान मन्त्रीमा फेरि निर्बाचित हुन लागेको भन्दै ओलीलाई ठाकुर र महतोले दिए बधाई,

प्रधानमन्त्री   केपी   शर्मा  ओलीलाई   जनता  समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बधाई  दिएका    छन् । प्रधानमन्त्रीमा  फेरि  निर्वाचित हुन लागेकोमा ठाकुर र महतोले  प्रधानमन्त्री निवास बालुवाटर पुगेर बधाई दिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई बिहीबार साँझ भेट्न  पुगेका  ठाकुर  र महतोले आफ्ना मागबारे छलफल गरेको  एमाले  संसदीय  दलका  उपनेता  सुवास नेम्वाङले बताए। ‘उहाँहरू  आउनुभएको  थियो।  उहाँहरूका    जुन मागहरू छन् त्यसै सन्दर्भमा कुराकानी भयो।
उहाँहरूले  प्रधानमन्त्रीलाई  बधाई दिनभुयो, प्रधानमन्त्रीले धन्यवाद  दिनुभयो,  ‘ नेम्वाङले  भने , ‘मागहरूबारेमा थप लफलल  गर्दै  अगाडि  बढ्ने  कुरा  भयो।’ठाकुर र महतोले अन्य दलहरूसँग पनि आफ्ना मागबारे नै छलफल गरेको र एमालेसँग  पनि सोही विषयमा छलफल गर्न आएको नेम्वा ङको भनाइ थियो। ‘

उहाँहरू   मागकै   बारेमा  अडानमा  हुनुहुन्छ।  त्यसैबारेमा कांग्रेस,  माओवादीसँग   पनि  कुरा गरेका थियौं भन्नुभयो। सोही   मागमा  रहेर   अडिग  रह्यौं  भन्ने उहाँहरूको भनाइ थियो, भेटमा सहभागी नेम्वाङले भने।प्रधानमन्त्रीले बहुमत को सरकारको दाबी नगर्ने पनि नेम्वाङको भनाइ छ।

राष्ट्रपति   विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन  दिनको  समय  गुज्रिँदै गर्दा ओलीले संविधान को  धारा  ७६ उपधारा  ३  अनुसार प्रतिनिधिसभाको ठूलो दलको  हैसियतमा   प्रधानमन्त्री  बन्न  चाहेका  छन्।प्रधान मन्त्रीले  जारी  प्रक्रियालाई  पर्खिइराख्नुभएको  छ। अब ९ बजेपछि  अर्को प्रक्रिया सुरु हुन्छ,’ नेम्वाङेले भने संविधान को  धारा  ७६  उपधारा २ तिर जाइँदैन। ९ बजेपछि सायद ९:५,  ९:७  तिर   अहिलेको   अर्को   प्रक्रिया घोषणा हुन्छ होला।

नेम्वाङले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी  दलको बहुमतको सरकार गठनका लागि प्रधानमन्त्री  ओलीले  जसपा  नेताहरूसँग  आग्रह नगरेको बताए।  ‘सत्ता  समीकरणबारे  जसपाका नेताहरूसँग कुरा भएको  छैन,’  उनले भने ।राष्ट्रपतिले  दिएको  तीन दिनको समय  सकिनै  लाग्दा पनि प्रतिपक्षमा रहेका दलहरूले बहु मत  जुटाउन   नसकेपछि   प्रधानमन्त्रीमा  ओली दोहोरिने भएका हुन्।श्रोत:कान्तिपुर

Facebook Comments Box