राजनीतिक

देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक जारी

देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक बहुमत    को सरकार गठन दाबी गर्नका लागि अग्रसर कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको हो । बैठकमा पार्टीका पूर्व पदाधिकारी पनि सहभागी हुनेछन् ।

‘संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिँदैछ ।  बिहीबार बिहान देउवा निवासमा भएको जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको वार्ता  पछि देउवाले बैठक बोलाएका हुन् ।

‘सत्ता साझेदारीका लागि तयार माओवादी केन्द्रको स्थायी कमिटी बैठक पनि अपराह्न ५ बजेका लागि बोलाइएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूह का चार नेतालाई गरेको कारबाही बिहीबार नै फुकुवा गरेका छन् ।

‘यसलाई माधव समूहका नेताले सकारात्मक भनेर प्रति क्रिया दिएका छन् । यता नेपाल निकट कानुन व्यवसायी हरुले उनलाई राजीनामा नगर्न सुझाव दिएका छन् ।

‘यो पनि,,बुढानिलकण्ठमा देउवा-दाहाल भेट   वार्ता काठमाडौं : गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिने समयसीमाको अन्तिम दिन बिहीबार बिहानैदेखि राजनीतिक दौडधूप र भेटवार्ता जारी छन् । केहीबेर अघि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढा निलकण्ठ पुगेका छन् ।”

“कांग्रेस र माओवादी देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्यमा छन् । बिहीबार राति नौ बजे सम्म गठबन्धन सरकारका लागि दाबी पेश नगरे संसदमा ठूलो दलका नेतालाई प्रधानमन्त्री बनाउने विकल्प खुला हुने भएकाले देउवा र दाहाल गठबन्धन निर्माणको निर्णा यक कोसिसमा छन् ।”

“आजै मात्र आफ्नै निवास पुगेका जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोसँग देउवाले छलफल गरेका थिए । तर, जसपाको सहयोग र एमालेको खनाल नेपाल समूहले आफ्नो स्थिति स्पष्ट नपार्दा विपक्षी गठबन्धनको पक्षमा बहुमतको अंक अझै सुनिश्चत भएको छैन ।”

“देउवाले भावी गठबन्धन निर्माणबारे छलफल का लागि आफ्नै निवासमा पदाधिकारी बैठक बोलाएक छन् ।

यो पनि,,ओमनबाट ६०० अक्सिजन, सिलिण्डर ल्याउन नेपाल एयरलाइन्स ,जाने तयारीमा”

‘काठमाडौं राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अ’क्सिजन सिलिण्डर ल्या’उने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्ड  र लिन निगमको वाइड बडी ए ३३० जहाज   आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।’

‘निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन   साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टेटर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।’

‘उहाँका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ ।’

‘एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपालमा कोरोना बिरामीलाई अक्सि जन पुरयाउन कठिन भएका बेला संस्थाले चीनबाट १०० अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिण्डर शनि बारसम्म काठमाडौँ पुरयाउने प्रयासमा रहेको जनाउनु भएको छ ।’

‘ओमानपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने उहाँले बताउनु भयो । निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्था मा राखिएको जनाएको छ ।’

‘नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०– १२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।’

‘निगमको वाइड बडी जहाजले यसअघि यही वैशाख २८ गते चीन सरकारले अनुदानमा दिएको ४०० थान अक्सि जन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ ।’

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा चीनबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री ल्याइएको हो’

Facebook Comments Box