अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले धारापानीस्थि त बर्थिङ सेन्टरमा पाँच बेडको कोभिड–१९ अस्थायी अस्प ताल पुसमै बनाएको हो । यहाँ चार महिनादेखि स्वास्थ्यक र्मी कोही छैनन् । एक जना कार्यालय सहयोगीले अस्पताल खोलेर बसेका छन् । उनैले अस्पताल आउने बिरामीलाई स्वास्थ्यकर्मी छैनन् भनेर फर्काइदिन्छन् ।
भूमिकास्थानमा मंगलबारसम्म ६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । केही दिनअघि धारापानीका एक दम्पतीलाई संक्रमण भयो । गाउँकै कोभिड अस्पतालमा उपचार गराउन सम्पर्क गर्दा स्वास्थ्यकर्मी नभएको जवाफ आएपछि सदरमुकामको अर्घाखाँची अस्पतालमा भर्ना भए दुई दिनपछि पतिको मृत्यु भयो । पत्नी अहिले पनि उपचा ररत छन् ।‘
अक्सिजनसहितको पाँच बेडको अस्पताल त बनाइयो, प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउत क्षत्रीले भने एक जना डाक्टर, दुई नर्ससहित स्वास्थ्यकर्मी चाहियो भने र दुई पटक विज्ञाप न गर्यौं । त र, दरखास्त हाल्न कोही आएनन् । सरकारले पनि डाक्टरसहित स्वास्थ्यकर्मी पठाइ दिएन ।’ बेडमा अक्सिजन जोडिएको छ, २० वटा अक्सि जन सिलिन्डर पालिकामै थन्किएका छन् । संक्रमित होम आइसोलेसनमा छन् ।
स्वास्थ्य जटिल बनेर अस्पतालमा भर्ना भएर उपचार गर्ने बिरामी सदरमुकाम, बुटवल र काठमाडौंका अस्पतालमा पठाउनुपर्ने बाध्यता भएको उनले बताए ।अर्घाखाँचीका धेरैजसो स्थानीय तहले निर्माण गरेका कोभिड–१९ अस्था यी अस्पताल डाक्टर र नर्सविहीन छन् । मालारानी गाउँपा लिकाले खनदहमा बनाएको कोरोना अस्पतालमा स्वास्थ्य कर्मी छैनन् ।
शीतगंगा नगरपालिकाले कोभिड अस्पताल र आइसोलेस न सेन्टर निर्माण गरेको छैन । यहाँ भएको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विवेश मण्डल अध्ययन बिदामा छन् । एक जना नर्स, एक जना हेल्थ असिस्टेन्ट सरुवा भएपछि स्वास्थ्यकेन्द्र खाली छ । दरबन्दीअनुसार अहेव समेत छैनन् ।केही दिनअघि जलुकेमा एक जना पुरुष संक्रमित भए ।होम आइसोलेसनमा बसेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बुटवलका अस्पतालमा आफन्तले भर्ना गरिदिन अनुरोध गरे ।
बेड नभएको भन्दै भर्ना लिन मानेनन् । दुई दिनपछि बल्ल चितवनको एक अस्पतालमा बेड पाइयो । त्यहाँ लैजान भनेको बेलामा एम्बुलेन्स पाइएन ।अर्को दिन एम्बुलेन्स आयो , घरबाट अस्पताल लैजान हिँडेको आधा घण्टामै शीतखोलामा उनको मृ’त्यु भएको स्थानीय चन्द्रमणि पौडे लले बताए । ‘गाउँमै स्वास्थ्य केन्द्र छ तर डाक्टर नभएपछि कोरोनाका मात्रै होइन, अन्य बिरामी पनि उपचार पाउन बाट वञ्चित छन्,’ उनले भने ।
प्राथमिक स्वास्थ्य केन्द्रमा को’रोना बेड बनाए पनि डाक्टर नभएपछि अर्थ नभएको शीतगंगा नगरपालिका स्वास्थ्य शाखा संयोजक कृष्णप्रसाद पौडेलले बताए । ‘बिरामी आए पनि उपचार पाउँदैनन्, को’रोनाका बिरामी सन्धिखर्क बुटवल, कपिलवस्तु जान बाध्य छन्,’ उनले भने ।जिल्ला मा भएका दुई प्राथमिक स्वास्थ्य केन्द्रको हालत पनि उस्तै छ । ठाडा र बल्कोटमा रहेका ती केन्द्रमा डाक्टर नभए पछि बिरामीले उपचार पाउन सकेका छैनन् ।
छत्रदेव गाउँपालिका –३ मा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नभएको तीन महिना भयो । हेल्थ असिस्टेन्ट विष्णु खनालका अनुसार कोभिडका बिरामीका लागि आठ बेड बनाइएको छ तर डाक्टर नभएकै कारण बिरामी नआउने उनले बताए । यहाँ नर्स पनि छैनन् । पाणि नि गाउँपालिकामा बनाइएको आइसोलेसन सेन्टर पनि स्वास्थ्यकर्मीविहीन छ । यहाँका बिरामी तानसेन र सन्धि खर्क पुगेर उपचार गराउन बाध्य छन् ।श्रोत :कान्तिपुर